महेन्द्रनगर । बेदकोट नगरपालिकामा अनुगमन सुपरिवेक्षण समिती गठन गरिएको छ । सामाजिक सुरक्षालाइ सु व्यवस्थित सञ्चालन गर्नका लागि नगर उपप्रमुख श्री तुलसी जोशी ज्यू को अध्यक्षतामा सामाजिक सुरक्षा अनुगमन सुपरिवेक्षण समिती गठन गरिउको हो ।
सोमवार ९ जना सदस्यीय समिती गठन गरिएको छ, पालिकामा सामाजिक सुरक्षा भत्ता को अवस्था , दोहोरो लाभ लिएको, मृत्यु भएको , बैङिक सेवा भए नभएको, सेवाग्राहीलाई सहजता गराउनको लागि समिती गठन गरिएको अनुगमन सुपरिवेक्षण समिती संयोजक रहनु भएका पालिका उपप्रमुख तुलसी जोशीले बताउनु भयो ।
सदस्य सचिवमा सामाजिक सुरक्षा शाखा प्रमुख सुनिल चन्द, सदस्यमा वडा नम्वर ३ का अध्यक्ष मोहन गुर्धामी, कार्यापालिका सदस्य पवन नेपाली, महिला कार्यपालिका सदस्य हिरा अवश्थी, जेष्ठ नागरिक कृष्णराज जोशी, पत्रकार महादेश अवश्थी, अपाङग प्रतिनिधी नन्दकली राना, र सेकोकयाप संस्थाबाट एक जना प्रतिनिधी रहेका छन् ।
साथै त्यही अवसरमा पालिकामा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । पालिकको स्वास्थ्य शाखामा बिभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्यानिटाईजर डिस्पेन्सरी, पल्स ओक्सिमिटर,बिपि सेट, लगायतका सामग्री सामाजिक संस्था कोक्यापले हस्तान्तरण गरेको जनाईएको छ ।
शुक्लाफाँटा खबर
4945 posts
सम्बन्धित