महेन्द्रनगर । कैलालीको कैलारी गाँउपालिकाले भूमिहीन दलित÷सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्न जग्गा नापजोख सुरु गरेको छ ।
गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले नापजोख कार्यको उद्घाटन गरेका छन् । कैलारी गाउँपालिका र राष्ट्रिय भूमि आयोगबीच भएको सम्झौता अनुसार भूमिहीन दलित÷सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्न वडा–६ भगतपुरबाट नापजोखको कार्य सुरु गरिएको हो ।
सो अवसरमा उनले नाँपजोख गर्दा विवाद पनि आउन सक्ने भएकोले त्यसमा सहजीकरण गर्न गाउँका भल्मन्साहरुको ठूलो भूमिका रहेको बताए । उनले भने,‘साँध सिमानामा बढी विवाद आउन सक्छ । यहाँका जनप्रतिनिधि, भल्मन्सा, नागरिक समाज, बुद्धिजीवी आफनै कार्यक्रम सम्झेर समस्या समाधान गरी नाँपजोख कार्यक्रमलाई अगाडि बढाउनु पर्छ ।’
गाउँपालिका अध्यक्ष चौधरीले वडा नम्बर ७, ५, ९ गरी सवै वडामा नापजोखको काम अगाडि बढाउदै लालपूर्जा पनि वितरण गर्ने बताए ।
राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष यज्ञराज उपाध्याय गाउँपालिका र आयोगबीच भएको सम्झौता अनुसार काम दोस्रो चरणमा प्रवेश गरेको बताए । ‘वर्षौदेखि भूमिको समस्या थियो, आज कार्यको उदघाटन भएको छ यसले समस्याको समाधानतिर जानेछ’, उनले भने ।
आफूले जोतेको खेत आफूले बनाएको घरटहरा हाम्रो नाममा थिएन,’ आयोगका अध्यक्ष उपाध्यायले भने, ‘अब सरकारीबाट व्यक्तिगत बनाउने हामी प्रयासमा छौं । गाउँपालिकाको पहलमा आज यो अवस्थामा आएको हो ।’
कैलालीको १३ पालिकामध्ये पहिलो चरणमा पाँच वटा पालिकासँग सम्झौता भएको र यो कार्य गत वर्षको चैत्रबाट यो पालिकामा प्राविधिक खटाएर काम भइरहेको पनि आयोगका अध्यक्ष उपाध्यायले बताए ।
भूमिहीन दलित, सुकुम्वासीलाई एकचोटी राज्यले वर्तमान संविधान र त्यसले दिएको भूमिमाथिको अधिकार कार्यान्वयन गर्नको लागि राज्यले जग्गा उपलब्ध गराउने भन्ने नीति रहेको आयोगका अध्यक्षले बताए ।
कैलारी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष प्रेम बहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । भने संचालन गाउँपालिकाका सामाजिक विकास अधिकृत यगम कलेलले गरेका थिए ।

शुक्लाफाँटा खबर
5365 posts
Comments are closed.