कृष्णपुरमा हात्तीको बथानले धान खेतीमा नोक्सान

महेन्द्रनगर । कञ्चनपुरमा हात्तीको आतंक बढदै गएको पाईएको छ । सोमवार राती कृष्णपुर नगरपालिका–२ स्थित बाणी मुक्त कमैया शिविर र मल्लो बाणीमा २० भन्दा बढी हात्ती आएर धानवालीमा नोक्सान गरेको हो ।
छावासहित करिब २३ र २४ को संख्यामा रहेको झुण्डले दुई दिनमा यहाँका १७ परिवारको १० बिगाहा जग्गामा लगाएको धान खेतीमा नोक्सान गरेको हो । वडा नं. २ को वडा कार्यालयले क्षतिको विवरण संकलन गरिरहेको छ । वडा अध्यक्ष अर्जुनसिंह साउद आफैं स्थलगत निरीक्षणमा गएर क्षतिको विवरण संकलन गर्न थालेका हुन् ।
उनका अनुसार गत २४ गते राति आएको हात्तीको झुण्डले वडा नं. २ का लोकबहादुर बोहरा, तारादेवी चन्द, गौरसिंह साउद, सहदेव राना र राजेन्द्र बमको धान खेतीमा ठूलो नोक्सानी गरेको छ ।
यस्तै सोमबार फेरी घुम्मन चौधरी, जगतराज चौधरी, बिश्राम चौधरी, रामदिन चौधरी, बेदा डगौरा, प्रवेश राना, जितबहादुर चौधरी, धनबहादुर चौधरी, श्याम राना, प्रेम चौधरी, भागरथी पन्त र सुवल रानाको धान खेतमा क्षति गरेको छ ।
हात्ती धपाउनका लागि वडा कार्यालयले स्थानीयलाई पटाका वितरण गर्न थालेको छ । स्थानीयबासिन्दा, सुरक्षाकर्मी र बिभिन्न क्लबका सदस्यहरु मिलेर राति डिउटी दिन थालिएको वडा अध्यक्ष साउदले बताए । ’रातभर जागाराम बसेर, होहल्ला गरी आँगो बालेर हात्ती धपाउने प्रयास गरिरहेका छौं,’ उनले भने ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.