वेदकोटमा कक्षा १२ को नतिजा खस्कियो, घटाल उच्च माविमा शुन्य

वेदकोट नगरपालिकामा सामुदायिक विधालयको अवस्था खस्किएको पाईएको छ । शैक्षिक सत्र २०७८÷७९ मा कक्षा १२ को शैक्षिक नतिजा खस्किएको हो ।
विधालयमा गरिने राजनिती, विधालय व्यवस्थापनको कमजोरी शिक्षकहरुको लापरवाहीकै कारणले कक्षा १२ को नतिजा खस्किएको स्थानिय अभिभावकले आरोप लगाएका छन् ।
पालिकामा रहेका ५ वटा उच्च माध्यमिक विधालय रहेकोमा सबैको नतिजा चिन्ताजनक आएको छ । शारदा मावि दैजीमा ५० जना विधार्थीले परिक्षा दिएकोमा १ जना मात्रै उतीर्ण भएका छन् । यस्तै, वैजनाथ मावि जडेपानीमा १ सय २९ जना बिधार्थीले दिएको परिक्षामा ४ जना उतिर्ण भएका छन् ।
यसैगरी, भुवनेश्वरी मावि सिसैयामा १ सय ७० जना विधार्थीले परिक्षा दिएकोमा १४ जना उतिर्ण भएका छन् । उदयदेव मावि सुन्दरपुरमा ५४ जना विधार्थीले दिएको परिक्षामा ९ जना उतिर्ण भएका छन् ।
उता,घटाल उच्च मावि सुडा शुन्य उतिर्ण भएको छ भने, विगतमा संचालनमा रहेको बहुमुखी क्याम्पस बन्द रहेको छ । क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष नारायण बोहराले विधार्थीहरुको कमीले बन्द भएको जनाएपनि व्यवस्थापन समितीको लापर्वाहीले गर्दा बन्द भएको अभिभावकहरुको भनाई रहेको छ ।
तर, नारायण बोहरा अध्यक्ष नियुक्ती भएर आएपछि उनले बिधार्थीहरुले अध्ययन गर्न नरुचाएको साथै सुडा क्षेत्रमा बिधार्थीहरु डेरामा बस्न नमानेको आरोप लगाएका थिए । यसै कारण देखाएर उक्त ठाँउमा रहेको क्याम्पसलाई अन्यत्र सारी पाँउ भनी वेदकोट पालिकालाई दिएको निवेदन पश्चात पालिकाले आफनो मातहतमा नरहेको भन्दै सम्बन्धित विस्व विधालयलाई नै पत्राचार गर्न र सर्वदलिय सर्वपक्षिय तथा आम भेलाबाट उक्त समस्या को निराकरण गर्न सुझाव दिएको र सहजीकरणका लागि वडा नम्वर ३ का अध्यक्ष मोहन गुर्धामीको अध्यक्षतामा अध्ययन टोली गठन गरिएको छ ।
शिक्षक उमेश चटौतका अनुसार विधालय व्यवस्थापन समिती फितलो हुनु, शिक्षकहरु पनि नियमित रुपमा अध्यापन गर्न नजानु, र अभिभावकले पनि नियमित रुपमा आफना बालबच्चाहरुका बारेमा जानकारी नराख्नु र सरकोरकारवाला निकायको अनुगमन पक्ष फितलो तथा निष्क्रियले गर्दा नतिजा सोचे जस्तो नआएको बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.