डिलाशैनीले गर्यो अव्यवस्थीत बसोबासी लाई व्यबस्थापन गर्न सम्झौता

महेन्द्रनगर । बैतडीको डिलाशैनी गाउँपालिकाले भूमिहीन दलित,भूमिहीन सुकुम्बासीलाई जग्गा बितरण र अव्यवस्थीत बसोबासी लाई व्यबस्थापन गर्न सम्झौता गरेको छ । राष्ट्रीय भूमि आयोग सगँ सम्झौता गरेको गाँउपालिकाले जनाएको हो ।
गाउँपालिकामा भएका भूमिहीन दलित,भूमिहीन सुकुम्बासीलाई जग्गा बितरण र अव्यवस्थीत बसोबासी लाई व्यबस्थापन गर्न सम्झौता गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रसासकीय अधिकृत गणेस बोहोराले बताए ।
पालिकाले बस्तीमा तहगत क्षेत्र तोकी राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ को दफा ६ को खण्ड ग बमोजिम भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यबस्थीत बसोबासीको पहिचान लगत संकलन र प्रमाणीकरणको काम गर्ने गरि सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशीले बताएका छन । राष्ट्रीय भुमी आयोग सगँ सम्झौता भइसकेकोले भूमिहीन दलित,भूमिहीन सुकुम्बासीका लागी पालिकाले छिटै काम थाल्ने गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.