कृष्णपुरमा जग्गा नाप नक्साको काम सुरु

महेन्द्रनगर । कृष्णपुर नगरपालिकामा भूमिहीन दलित , सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी बनाउन नाप नक्साको कामसुरु गरिएको छ ।
मेयर हेमराज ओझाले मङ्गलवार देखि कृष्णपुर नगरपालिकाको वडा न १ स्थित पुतली बजारबाट भूमिहीन दलित,भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्सा गर्ने कार्यको शुभारम्भ गरेका हुन् । कृष्णपुरको वडा न २ को अठन्निफाँटाबाट जग्गा नाप नक्साको कार्य आजै देखि शुभारम्भ भैसकेको नगर प्रमुख ओझाले बताए । भदौ २९ गते बुधवार दिउँसो १ बजे वडा न ९ मा पनि जग्गा नाप नक्साको कार्य शुभारम्भ हुने नगर प्रमुख ओझाले जानकारी दिए ।
कृष्णपुरमा रहेका भूमिहीन दलित,भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि व्यस्थित तवरले आफनो जग्गाको मालिक बनाउनको लागि कार्यको थालनी गरिएको बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.