शुक्लाफाँटा समाचार प्रभावः वेदकोटमा रहेका बिद्यालयमा हप्ताको एक पटक अनुगमन गर्नुपर्ने निर्णय

महेन्द्रनगर । वेदकोट नगरपालिकाले आफनो पालिकामा रहेका सामुदायिक तथा निजी विधालयमा प्रत्येक कार्यपालिका सदस्यले आ–आफ्नो वडामा रहेका बिद्यालयमा हप्ताको एक पटक अनुगमन गर्नुपर्ने निर्णय गरेकोक छ । मंगलवार शुक्लाफाँटा खबरले ‘वेदकोटमा कक्षा १२ को नतिजा खस्कियो, घटाल उच्च माविमा शुन्य’ भन्ने हेडलाईनमा समाचार प्रकाशन गरेको थियो ।
बेदकोट नगरपालिकाका नगर प्रवक्ता चित्रदेव भट्टले कार्यपालिका बैठकबाट महत्वपुर्ण प्रत्येक कार्यपालिका सदस्यले आ–आफ्नो वडामा रहेका बिद्यालयमा हप्ताको एक पटक अनुगमन गर्नुपर्ने र हप्ताको अन्तिम दिन शिक्षा शाखा, नगर प्रमुख समक्ष रिपोर्ट पेश गर्नुपर्ने निर्णय गरिएका जानकारी दिएका छन् ।
कक्षा १० र १२ को नतिजाले सोच्नु पर्ने बाध्य बनाएको भएर नै अब उपरान्त कसरी शैक्षिक स्तर माथि उकास्न सकिन्छ भनेर उक्त निर्णय गरिउको उनले बताए ।
यसरी कुन पक्षको मजोरी के छ, कहाँनिर सुधार्नु पर्नेछ, शिक्षक अभिभावक लगायत सम्बन्धित सरोकारवाल निकायले पनि ध्यान दिएर व्यवस्थापन गरी तोकिएको जिम्मेवारीलाई सहि तवरले आत्मसाथ गर्नुपर्न बताए ।
वेदकोट नगरपालिकामा सामुदायिक विधालयको अवस्था खस्किएको पाईएको छ । शैक्षिक सत्र २०७८÷७९ मा कक्षा १२ को शैक्षिक नतिजा खस्किएको हो ।
विधालयमा गरिने राजनिती, विधालय व्यवस्थापनको कमजोरी शिक्षकहरुको लापरवाहीकै कारणले कक्षा १२ को नतिजा खस्किएको स्थानिय अभिभावकले आरोप लगाएका छन् ।
पालिकामा रहेका ५ वटा उच्च माध्यमिक विधालय रहेकोमा सबैको नतिजा चिन्ताजनक आएको छ । शारदा मावि दैजीमा ५० जना विधार्थीले परिक्षा दिएकोमा १ जना मात्रै उतीर्ण भएका छन् । यस्तै, वैजनाथ मावि जडेपानीमा १ सय २९ जना बिधार्थीले दिएको परिक्षामा ४ जना उतिर्ण भएका छन् ।
यसैगरी, भुवनेश्वरी मावि सिसैयामा १ सय ७० जना विधार्थीले परिक्षा दिएकोमा १४ जना उतिर्ण भएका छन् । उदयदेव मावि सुन्दरपुरमा ५४ जना विधार्थीले दिएको परिक्षामा ९ जना उतिर्ण भएका छन् ।
उता,घटाल उच्च मावि सुडा शुन्य उतिर्ण भएको छ भने, विगतमा संचालनमा रहेको बहुमुखी क्याम्पस बन्द रहेको छ । क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष नारायण बोहराले विधार्थीहरुको कमीले बन्द भएको जनाएपनि व्यवस्थापन समितीको लापर्वाहीले गर्दा बन्द भएको अभिभावकहरुको भनाई रहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.