कञ्चनपुरमा २ जना मृत अवस्थामा फेला

महेन्द्रनगर । कञ्चनपुरमा २ जना मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका–१३ बिरचौराह र बेलौरी नगरपालिका–३ खिरियामा २ जना मृत फेला परेका हुन् ।
भीमदत्त नगरपालिका–१३ बिरचौराह बस्ने ६५ वर्षीय धर्मानन्द जोशीको शव आफ्नै घरपछाडी पानीको नहरमा फेला परेको छ । बुधबार बिहान डुबेर उनको मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
यस्तै बेलौरी नगरपालिका–३ खिरियाकी ६० वर्षीया धनुमाया देवीसिंह पनि घर नजिक पानीको नालामा बुधबार मृत अवस्थामा फेला परेकी हुन् । मंगलबार साँझदेखि हराएकी उनको खोजी गर्ने क्रममा उक्त नालामा शव फेला परेको हो । उनको पनि डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीले जानकारी दिएको छ । प्रहरीले दुवै घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.