महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कैलालीले भन्सार छलेर ल्याइएको २२ बोरा चिनी बरामद भएको छ । बुधबार राति ९ बजे धनगढी उपमहानगरपालिका–९ बाङग्राकटानबाट उक्त चिनी र ३ पेटी चक्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए ।
उक्त सामान सोही ठाउँ बस्ने ४९ वर्षीय भानबहादुर ठकुल्लाले सु.प.प्र.०१–००१स ४९३१ नम्बरको अटोमा ल्याइरहेको अवस्थमा फेला परेको प्रहरीले जानकारी दिएको छ। उक्त अटो, अटो चालक र बरामद भएको सामान नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय पठाइएको कैलाली प्रहरीका प्रवक्ता डीएसपी जोशीले बताए ।
Comments are closed.