महेन्द्रनगर । धिरेन्द्र साउँद झलारी पिपलाडी उद्योग वाणिज्य संघको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । साउँद यसअघि उद्योग वाणिज्य संघको उपाध्यक्ष थिए ।
झलारी पिपलाडी उद्योग वाणिज्य संघको सातौँ साधारणसभा तथा चौथो अधिवेशनबाट साउँदको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । निर्वाचन प्रक्रियामा साउँदसहितको सिङ्गो टिम सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष पदमै उम्मेदवारी दिएका नरेश राज पन्तले उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् ।
शुक्लाफाँटाका आम उद्योगी र व्यवसायीको हितमा आफू कटिबद्ध भएर काम गर्ने अध्यक्ष साउँदले बताए । संघको बस्तुगत उपाध्यक्ष राजेश धामी चुनिएका छन् । वाणिज्य उपाध्यक्षमा खगेन्द्र प्रसाद पाण्डेय, उद्योग उपाध्यक्षमा बाशुदेव भण्डारी, महासचिवमा मदनराज जोशी,सचिवमा धर्मानन्द भट्ट (भाष्कर), कोषाध्यक्षमा कलावती देवी भट्ट यसअघि नै निर्विरोध चयन भइसकेका थिए । यसैगरी सदस्यमा रमेश रावल,विक्रम शाहु,धर्म शाही,नारन्ती ऐर चयन भएका छन् ।
शुक्लाफाँटा खबर
6416 posts
सम्बन्धित
Comments are closed.