महेन्द्रनगर । दार्चुलामा बलात्कारपछि जलाएर भाउजूको हत्या गर्ने देवरलाई आजीवन कैद सजायको सजाय भएको छ । आफ्नी भाउजू नाता पर्ने एकल महिलालाई बलात्कार गरी हत्या गरेको अभियोगमा दार्चुला जिल्ला अदालतले आजीवन कारावासको सजाय सुनाएको हो ।
दार्चुलाको शैल्यशिखर नगरपालिका १ बारिलका भोजराज खडायतलाई अदालतले बुधबार आजीवन काराबासको सजाय सुनाएको सहायक जिल्ला न्यायाधिवक्ता लक्ष्मण खनालले जानकारी दिए ।
खडायतलाई ज्यान मुद्दामा जन्मकैद सुनाइएको छ भने जबरजस्ती करणीमा ७ वर्ष, हाडनाता करणीमा १ वर्ष र डाँका मुद्दामा ७ वर्ष गरी थप १० वर्ष कारवासको सजाय सुनाइएको छ । दार्चुलाका जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले बुधबार खडायतलाई आजीवन कारावासको सजाय सुनाएको अदालतका श्रेष्तेदार कौशल ज्ञवालीले बताए ।
मृतक एकल महिला रहेकाले उनमा आश्रित परिवारको भरणपोषणका लागि तीन लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत भएको श्रेष्तेदार ज्ञवालीले जानकारी दिए ।
गत जेठ २५ गते राति २ बजेतिर भोजराज खडायतले भाउजू नाता पर्ने ४२ वर्षीया अनिभा खडायतलाई घरबाट करिब ५० मिटर टाढा रहेको उखुबारीमा लगेर जबरजस्ती करणी गरेको त्यसक्रममा अनिभाले प्रतिकार गरेपछि ढुंगाले टाउकोमा हानेर घाइते बनाई बलात्कारपछि नजिकै ओढारमा रहेको खर र नरुवा राखी जिउँदै जलाएर अनिभाको हत्या भएको थियो । बलात्कारपछि कडायतले अनिभाको कान र नाकमा लगाएको सुनका गहनासमेत लुटेर लगेका थिए ।
शुक्लाफाँटा खबर
6700 posts
सम्बन्धित
Comments are closed.