महेन्द्रनगर । कैलालीमा घाँटी छेदन गरेको अवस्थामा मानव कंकाल फेला परेको छ । गोदावरीमा जलाएको अवस्थामा घाँटी छेदन गरेको अवस्थाको मानव कङ्काल भेटिएको हो ।
अत्तरियाका स्थानीयले गोदावरी आर्यघाटमा बुधबार टाउको र घाँटी बाहेकको शरीर नभएको अवस्थाको मानव कङ्काल देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त कङ्काल कसको हो ? भन्ने कुरा खुलेको छैन् । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र पाण्डेले गोदावरी आर्यघाटमा मानव कङ्काल भेटिएको सूचना प्राप्त भएको बताए । थप अनुसनधान भईरहेको उनले जानकारी दिए ।