महेन्द्रनगर । कञ्चनपुरमा एक भाले चित्तल मृत फेला परेको छ । शुक्लाफाटा नगरपालिका वडा नम्बर ७ सिमलफाटामा भाले चित्तल मृत फेला परेको हो ।
बिहीवार विहान सिमलफाटा स्थित खानेपानी टंकी नजिक मृत चित्तल स्थानियले देखेपछि शुक्लाफाँटा निकुञ्जमा फोन गरेका थिए । शुक्लाफाटा राष्ट्रिय निकुञ्ज बाट आएको चित्तललाई कुकुरले लखेटेर मारेको हुन सक्ने सिनियर गेमस्काउट प्रदिप थापाले जानकारी दिनुभयो । ’चित्तल मरेको भन्ने खबर आयो उनले भने, ‘गएर हेर्दा चितललाई कुकुरहरुले लखेटर मारेको जस्तो देखिएको छ’ । उनका अनुसार मृत चित्तलको मुचुल्का उठाएर हिरापुर पोष्टमा लगिएको छ ।
Comments are closed.