महेन्द्रनगर । दार्चुलाको लास्कुखोलामा अस्थायी पुल बनेपछि दुहु,ब्यास आवतजावतमा सहज भएको छ । गत भाद्र २४ गते राती आएको बाढी र पहिरोले सडक र पुल बगाए पछि दार्चुलाको लास्कु खोलामा अस्थायी पुल निर्माण गरिएको हो ।
बाढीले लास्कु खोलाको मोटरेवल पुल र झोलुङ्गे पुल बगाउँदा जिल्लाको दुहु ,व्यासँ गाउँपालिका र महाकाली नगरपालिकाको सम्पर्क टुटेपछि स्थानीयहरुलाई आवत जावतमा समस्या भएको थियो ।
उक्त क्षेत्रमा अस्थायी काठेपुल निर्माण गरिएको महाकाली नगरपालिकाका नगर प्रमुख नर सिह चौसिंरले जानकारी दिए । महाकाली नगरपालिका,सुरक्षाकर्मी लगायत स्थानीयहरुको सक्रियतामा लास्कु खोलामा पुल निर्माण गरिएको उनले बताए । विद्युतका फलामे पोलहरु प्रयोग गरेर पुल बनाइएको छ ।
अस्थायी पुल निर्माणपछि सदरमुकाम खलंगाको दुहु क्षेत्रसंग सम्पर्क जोडिएको छ । लास्कुखोलामा पानीको सतह घटेको छैन तर दुई वटा स्काइभेटर प्रयोग गरि लास्कुखोलाको पानी डाइभर्सन गर्ने काम भइरहेको छ । खोला किनारको क्षेत्रमा थप कटान हुनबाट बचाउन मेसिन प्रयोग गरेर खोलाको पानी डाइभर्सन गरिन लागेको हो ।
पुरानो मोटरपुल र झोलुंगेपुल रहेको नजिकको क्षेत्रमा कटानको जोखिम छ । प्रहरीका अनुसार दार्चुलामा हाल सम्म १७० घरमा क्षेति भएको प्रहरी तथ्याङक छ यस्तै ६६ घरहरु पुर्णरुपमा ध्वस्त भएका छन । ९७ घर जोखिममा रहेका छन । अन्य ७ वटा घरहरु आशिंक जोखिममा रहेको प्रहरीले जनाएको छ ।
बाढीपहिरोका कारण ५ जनाको मृत्यु भएको थियो भने १० जना बेपत्ता रहेका छन् । अहिले पनि जिल्लामा वेपत्ता रहेका १० जनालाई खोज्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली खोजी कार्यमा खटिएका छन् ।
शुक्लाफाँटा खबर
5294 posts
सम्बन्धित
Comments are closed.