महेन्द्रनगर । डडेल्धुरामा सर्पले डस्दा एकजनाको मृत्यु भएको । परशुराम नगरपालिका–१२ तुलाभाडीका १५ वर्षीय जीतेन्द्र ओखेडाको सर्पको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिहीबार राति सुतेको अवस्थामा ओखेडालाई सर्पले टोकेको प्रहरीले जनाएको छ । सर्पले टोकेपछि जीतेन्द्र आफैँले सर्प मारेर फेरि बिस्तरामा सुत्न गएका थिए । पछि उनलाई विषले असर गर्न थालेपछि परिवारका सदस्ययले झारफुक गर्न वैद्यसँग झारफुक गराईएको थियो ।
त्यहाँबाट अस्पताल लगिएको उनलाई बचाउन नसकिएको जोगबुडा अस्पतालका डा.जितेन्द्र चौधरीले बताए । ओखेडा स्थानीय शैलेश्वरी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत थिए ।
Comments are closed.