वेदकोटले चलायो डेँगु रोक्ने अभियान
महेन्द्रनगर । वेदकोट नगरपालिकाले पछिल्लो समय बढदै गएको डेँगु रोगबाट बच्नको लागि अभियान सञ्चालन गरेको छ । शुक्रवार देखि आफनो पालिकामा रहेको १० वटै वडाका स्वास्थ्य शाखासँग समन्वय गरेर अभियान सञ्चालन गरेको हो ।
पालिकामा रहेका सम्भावित क्षेत्रमा गएर सरसफाई तथा डेँगुबाट बच्नको लागि गरिने प्रयासहरुको बारेमा महिला स्वास्थ्य स्वयम सेविका स्वास्थ्यकर्मीहरु लगायतको टोली परिचालन गरेर डेँगुबाट बच्नको लागि र स्थानियहरुलाई सचेत गराउन कार्यक्रमको आयोजना गरिएको बेदकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिशा पालले जानकारी दिनु भयो ।
डेँगु लगायत किटजन्य रोगहरुको नियन्त्रणका लािग लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्न अभियान संचालन गरिएको बताउनु भयो । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङक अनुसार वेदकोटमा डेँगुका बिरामी २ जना र स्क्रवटाईफसका ६ जना बिरामी फेला परेको जनाईएको छ । डेँगुलाई कम गर्नको लागि स्थानियहरुले आफैले सचेत हुने सरसफाई गर्ने पानी जमेको खाल्डाखुल्डीहरु पुर्ने लगायतको काम गरेपनि यि रोगहरु कम हुने चिकित्सकको भनाई रहेको छ ।
यस्तै भीमदत्त नगरपालिकाको वडा नम्वर १० र १८ ले पनि डेँगु फेला परेका क्षेत्रमा अभियान संचालन गरिएको र अन्य वडामा जेष्ठ नागरिकहरुलाई दिईरहेको स्वास्थ्य शिविरमा पनि डेँगुबाट बच्ने उपाय जानकारी प्रदान गरिरहेको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने भएकाले बर्सातमा पानी जम्ने ठाउँ, पानीको ट्याङ्की र पुराना टायर आदिमा जमेको पानीमा यो जातको लामखुट्टेको लार्भा बस्ने र यसको वृद्धिबाट डेङ्गुको प्रकोप बढ्ने चिकित्सकको भनाई रहेको छ ।

शुक्लाफाँटा खबर
5683 posts
Comments are closed.