कञ्चनपुरमा वर्षाले ३ सय बढी घर डुबानमा

महेन्द्रनगर । दुई दिन देखि लगातार परिरहेको अबिरल बर्षाका कारण कञ्चनपुरको विभिन्न ठाउका गाँउबस्ती डुबानमा परेको छ । मोहना, दोदा, बनहरा नदीमा आएको बाढीले ३ सय बढी घर डुबानमा परेका हुन् । बाढीले शुक्लाफाँटा, कृष्णपुर, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा डुबान भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहीले बताए ।
यसैबिच,कृष्णपुर नगरपालिकाको वार्ड न. १ को गोजे दोमिल्ला, पुतली बजार, श्रीपुर, वार्ड न. २ को बनारा, वाणी शिबिर वार्ड न. ५ को बबित्रा बस्ती, गुलरिया बजार, वार्ड न ७ को शान्तीपुर, वार्ड न ८ को मजगाउ लगायत कृष्णपुर नगर पालिकाको अधिकांश ठाउ जलमग्न र डुबानमा छ्न । यसैगरी शुक्लाफाटा नगरपालिका – १२ दुवाहामा ४ घरका बनहरा नदिको दोभान फसेका २० जनालाई नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलिले उद्दार कार्य गरेको छ ।
यस्तै शुक्लाफाटा नगरपालिकाकै वार्ड न. ११ को बनहरा सिगास बस्तिमा रहेका ३० घर परिवार डुबानमा परेका छन् भने वडा नं.८ को विभिन्न ठाउमा जलमग्न भएको छ । शुक्लाफाटा नगरपालिका वडा नं. १२ स्थित तिल्की र देखतभुली जोड्ने झोलुङ्गे पुल बनहरा नदिको बाढिले कटान गर्दा ढलेर पुर्णरुपमा क्षतिग्रस्त भएको छ ।
यसैगरी लालझाडी गाउपालिकामा पनि सर्यौ घर डुवान परेका छन् । यस्तै.पुर्नबास नगरपालिकाको सिमरी गाउमा ६० घर परिवार डुबानमा परेका छन भने प्रहरीको टोली र स्थानीयहरुको सहयोगले उद्धार कार्य जारी रहेको छ ।

सम्बन्धित

Comments are closed.