महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको महान पर्व ‘बुढी पोल्ने’ को अवसरमा वेदकोटमा जनचेतना मुलक देउडा प्रतियोगिता सम्पन्न गरिएको छ । सुदूरपश्चिममा बुढी पोल्ने संक्रान्तिलाई जेगर्ना गर्न समाजमा सदभाव कायम राख्नका लागि वडा नम्वर १० को नयाँ गाँउमा कार्यक्रमको आयोजना गरिएको हो ।
पछिल्लो समय हाम्रा रितिरिवाज र संस्कृतीहरु लोप हुँदै गईरहेको अवस्थामा यस्ता परम्परा संस्कृतीको जेगर्ना गर्नका लागि ‘बुढी पोल्ने’ को अवसरमा जनचेतना मुलक देउडा प्रतियोगिता सम्पन्न गरिएको आयोजक बैजनाथ एकता कृषक समुहका अध्यक्ष तथा कार्याक्रमका सभाध्यक्ष मानबहादुर चन्दले बताउनु भयो ।
यस्तै कार्यक्रमका प्रमुख अतिथी वेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले लोप हुँदै गएका संस्कृतिलाई सबैले मिलेर जेगर्ना गर्नुपर्ने बताउनु भयो। यस्तै कार्यक्रमका बिशिष्ट अतिथीमा रहनु भएका उपप्रमुख तुलशी जोशीले यस्ता धार्मीक परम्परा मौलिक पर्व संस्कृतिको संरक्षण गर्न तथा अब आउने पुस्तालाई आफनो रहनसहन संस्कृति हस्तान्तरण गर्न र सिकाउनको लागि यस्ता पर्वको ठुलो महत्व रहेको बताउनु भयो । विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसी पुतनालाई पोल्ने प्रचलन सुदूरपश्चिममा रहेको जिकिर गर्नु भयो । किंवदन्ती अनुसार भगवान कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला–गोठालाहरुले पुतनाको शव दहन गरेको भन्ने छ ।
द्वापर युगमा पुतनालाई भगवान कृष्णले दूध चुसी मारेको तथा विशाक्त दुध चुस्दा पनि कृष्ण बाँचेको खुसियालीमा असोज संक्रान्तिका दिन ‘बुढी पोल्ने’ पर्व मनाइने गरिएको हो ।
भाद्र संक्रान्ति अर्थात ओल्के संक्रान्तिका दिन गाउँ नजिकका अग्लो टाकुरामा सबैजना मिलेर गाडिएको सल्लाको वा अन्य बोटबिरुवाको लिङ्गोमा रूखका हाँगाबिगा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ ।
यो थुप्रोलाई स्थानीय भाषामा ‘बुढी हाल्ने’ भनिन्छ। यो बूढीलाई नै आज असोज संक्रान्तिका साँझ प्रत्येक घर–घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा छ ।
शुक्लाफाँटा खबर
5038 posts
सम्बन्धित