अछाम पहिरोमा परी मृत्यु भएका मध्ये थप बालकको शव फेला

महेन्द्रनगर । अछाममा पहिरोमा पुरिएर मृत्यु भएका मध्ये थप एकजनाको शव फेला परेको छ । आईतवार बिहान तुर्माखाँद गाँउपालिका ५ का १३ वर्षीय सुन्दर शाहीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिएका छन् ।
एकै परिवारका नौ जना पहिरोमा पुरिएका मध्ये सुन्दरको शव आज बिहान फेला परेको उनले बताए । शुक्रवार राती आएको अविरल वर्षा पछिको पहिरोमा परेर जिल्लामा अहिले सम्म २२ जनाको मृत्यु भएको छ । यो भन्दा पहिला बिभिन्न मिडियामा शव पाईनु भन्दा पहिला नै २२ जनाको मृत्यु भन्ने खबर आएकोमा शव नपाईने बेलामा बेपत्ता हुनुपर्नेमा २२ जनाको शव फेला नपरेको र आज बिहान सुन्दरको शव फेला परेपछि २२ जनाको मृत्युको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिएका छन् ।

तीनवटा पालिकामा पहिरोमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ । कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म २३ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक डाँगीले बताए ।
पहिरोमा पुरिएर ढकारी गाउँपालिका–६ का दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका–५ की १७ वर्षीया जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनीषा शाही, १७ वर्षीया कल्पना शाही, एक वर्षीया मेनिका शाही, तीन वर्षीया कल्पना शाही, २१ वर्षीया भावना शाहीको मृत्यु भएको छ ।
यस्तै, कमलबजार नगरपालिका–६ का ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीया अर्धना कामी, नौ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी, १२ वर्षीया सिरु कामीको पहिरोमा पुरिएर मृृत्यु भएको जिल्ला प्रहरी कार्यालयले अछामले जनाएको छ ।
यसैगरी, कमलबजार नगरपालिका–८, ढुंगलाका २६ वर्षीय गम्भीर दमाईं, २३ वर्षीया भाना दमाईं, ६ वर्षीय डिग्रा दमाई, तीन वर्र्षीय कलु दमाईं र चार वर्षीया कल्पना दमाईको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।घाइते हुनेमा ढकारी गाउँपालिका–६ का ६२ वर्षीय हर्क बुढा, २१ वर्षीया चन्द्रदेवी बुढा, १२ वर्षीय घर्म बुढा, कमलबजार नगरपालिका–६ का ८५ वर्षीय भक्त कामी, ४२ वर्षीय ईन्द्रसिंह कामी, १२ वर्षीया कल्पना कामी, १२ वर्षीया ममता कामी, १० वर्षीय सुशील कामी, दुई वर्षीया सफलता कामी, ३८ वर्षीय डिक्रा कामी र सोही ठाउँमा ६५ वर्षीय खटी दमाईं रहेको उनले बताए ।

सम्बन्धित

Comments are closed.