महेन्द्रनगर । बैतडीमा कार्यपालिका सदस्यको निधन भएको छ । सुर्नया गाउँपालिकाका एक कार्यपालिका सदस्यको निधन भएको हो । सुर्नया–५ घर भएका ५७ वर्षीय प्रेम लुहारको शनिबार निधन भएको सुर्नया गाउँपालिका ५ का वडा अध्यक्ष केशब बिष्टले बताए ।
उनी एकीकृत समाजवादीबाट कार्यापालिका सदस्यमा निर्वाचित थिए । उनी शारीरिक रुपमा अस्वस्थ रहेका र एक हप्ता पहिले मात्रै अस्पतालबाट घर फर्किएका बताइएको छ । शनिबार दिउसो करिब २ बजे निधन भएको वडा अध्यक्ष बिष्टले बताए ।
Comments are closed.