महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकामा बाढी पिडितलाई खाद्यान्न सहयोग गरिएको छ । झलारीपिपलाडी उद्योग वाणिज्य संघ ले शुक्लाफाटा नगरपालिका वडा नम्बर ११ को पुर्बी सिमाना तथा कृष्णपुर नगरपालिकाको पश्चिमी सिमानामा पर्ने बनहरा शिविरमा बस्दै आएका २८ घर परिवार लाई खाद्यान्न सहयोग गरेको हो ।
बर्षाका कारण वाढिपिडित भएका शुक्लाफाँटा नगरपालिका ११ को छेउमा बस्दै आएका २८ परिवार लाई खाद्यान्न को अभाव नहोस भनी झलारीपिपलाडी उद्योग वाणिज्य संघ ले प्रत्येक परिवारलाई एक एक कठ्ठा चामल सहयोग गरेको संघका अध्यक्ष धिरेन्द्र सिंह साउदले वताए ।
लगातार को अविरल बर्षाका कारण वनहरा नदिको पानीको वहाव वढेर सुकुम्बासी वस्तिमा नै पानी पसेर वस्तिनै विचल्लिमा परेको थियो । वस्तिनै डुवानमा परेपछि खाद्यान्न अभाव झेलिरहेका नागरिकलाई वस्तिमा नै गएर राहात वितरण गरिएको हो । वनहरा शिविर वस्तिका वाढिपिडित केही नागरिकलाई उद्वार गरि शनिवार शुक्लाफाटा ११ को श्री सरस्वती माध्यमिक बिद्यालय अमरपुरमा राखिएको छ ।
शुक्लाफाँटा खबर
6984 posts
Comments are closed.