महेन्द्रनगर । कंचनपुरमा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । पुनर्वास नगरपालिका–५ स्थित सिमरी खोलामा डुबेर एक बिशोरीको मृत्यु भएको हो ।आईतबार करिब साढे बाह्र बजेतिर माछा मार्न गएका बेला सिमरी खोलामा डुबेर सोही ठाउँकी १६ वर्षिय बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सिमरीका बलराम रानाकी छोरी १६ वर्षिय प्रेमवती राना रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए । मृतक बालिकाको शब स्थानीय र प्रहरीको संयुक्त प्रयासमा फेला परेको र केहि समयमा पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लैजाने प्रक्रिया भईरहेको प्रहरी निरीक्षक मल्लले बताए ।
Comments are closed.