संविधान लागू भएको सोमवार बर्ष पुरा

महेन्द्रनगर । नेपालको संविधान २०७२ जारी भएको सोमवार सात वर्ष पूरा भएको छ । देशभर आज विविध कार्यक्रम गरी संविधान दिवसलाई भव्यताका साथ मनाइँदै छ । संविधान दिवस संविधान जारी भएको दिनको सम्झनामा मनाइने दिवस हो ।
दिवसको अवसरमा सरकारले आज मुलुकभर सार्वजनिक विदा दिएको छ । देशमा ७ बर्ष अगाडि आजकै दिन इतिहासमा पहिलोपटक जनप्रतिनिधि सम्मीलित संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ जारी भएको दिन । ०७२ असोज ३ सम्म आउन देशले जनयुद्ध, अघोषित नाकाबन्दी, निर्दलिय पन्चायति व्यवस्था जस्ता थुप्रै संक्रमणकालिन अवस्था जस्ता थुप्रै चुनैतीहरुको मुकावला गरी आजको दिन मनाइरहेका छौ ।
६५ बर्षको प्रतीक्षा र दलिय संघर्ष पश्चात् जनताले २०७२ असोज ३ गते नेपालका प्रथम रास्ट्रपति डा. रामवरण यादवले ‘नेपालको संविधान २०७२’ लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने ६५ बर्ष पुरानो सपनाले पुर्णता पाएको हो ।
जारी भएको यो संविधानले संघीयतालाई आत्मसात गर्दै हाल नेपाल संघीय प्रणालीको अभ्यासमा रहेको छ । हालसम्म नेपालमा विभिन्न समयमा गरी ७ वटा संविधानहरु लागू भएका छन् । नयाँ जारी भएको यो संविधानले नेपालमा गणतन्त्रको आधार मजबुत बनाएको आम बुझाई छ
प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन् ।
साथै उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् ।
आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै उनले मुलुकको शासकीय सुधारका लागि विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.