डा. केसीसँगको वार्ता निष्कर्षविहीन

महेन्द्रनगर । विगत ८ दिनदेखि अनशनरत रहेका डा. केसीका प्रतिनिधि र सरकारबीचको वार्ता निष्कर्षविहीन निष्कर्षविहीन बनेको छ । आइतबारको वार्ताले कुनै पनि निचोड दिन नसकेकोे पनि केसी पक्षका वार्ता संयोजक डा. जीवन क्षेत्रीले जानकारी दिए ।वार्ता सकारात्मक रहेको र गृहकार्य गरेर पुनः छलफलमा जुट्ने सहमति भएको उनले बताए ।
डा. केसीको माग बारेमा जानकारी गराईएको तथा सरकारी पक्षले १९ औं अनशनका बेला भएको सम्झौताको कार्यान्व्यनबारे ब्रिफिङ गरिएको उनले बताए ।उक्त विषयमा थप गृहकार्य गरेर फेरि वार्तामा बस्ने कुरा भएको र सरकारी वार्ता टोलीले मागहरूबारे निष्कर्षमा पुग्न मन्त्रीहरूसँग छलफल गर्नुपर्ने बताएका थिए ।सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा वार्ता टोली बनाएको छ ।
डाक्टर केसीले गत सोमबारदेखि ७ बुँदे माग राखेर धनगढीमा अनशन थालेका थिए । डा. केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका सबै सरकारी अस्पतालहरुको तत्कालको दरबन्दी हालको बेड संख्या अनुसार बढाइनु पर्ने माग गरेका छन् ।
जनसंख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्नु पर्ने उनको माग छ । संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण, एक्सरे लगायत आधारभूत सेवाका लागि शुल्क लिन निषेध गरिनु पर्ने, सरकारले तोकेको सूची अनुसारको सबै औषधिहरु आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गर्नुपर्ने लगायतका केसीका मागहरु छन् ।

सम्बन्धित

Comments are closed.