महेन्द्रनगर । कञ्चनपुरमा तीन वटा बेवारिसे शव फेला परेका छन् । लालझाडी गाउँपालिका–१ र पुनर्वास नगरपालिका– १० मा शवहरु फेला परेका हुन् । लालझाडीमा उखुबारीमा दुई जनाको र पुनर्वासको दोदा नदी नजिक एक जनाको एक शव फेला परेको हो ।
तीन वटैै शवको पहिचान भने नखुलेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक नरेशराज मल्लका अनुसार शवहरु सडेका छन् । दोदा नदी किनारमा भेटिएको शव र उखुबारीमा भेटिएका दुई ओटा शवमध्ये एउटा शव महिलाको भएको उनले बताए । शवहरु सडेकाले सजिलै पहिचान गर्न सकिने अवस्था नभएपनि लुगा र चुराबाट दुई ओटा शव महिलाका हुनसक्ने अनुमान गरिएको प्रहरी निरीक्षक मल्लले बताए । थप अनुसन्धान भई रहेको उनले बताए ।
Comments are closed.