कञ्चनपुरमा संविधान दिवसको अवसरमा ५ जना कैदीबन्दीलाई आममाफी

महेन्द्रनगर । कञ्चनपुरबाट संविधान दिवसको अवसरमा ५ जना कैदीबन्दीलाई आममाफी दिईएको छ । जिल्ला कारागार कञ्चनपुरका अनुसार कञ्चनपुरका ४ जना र बझाङका १ जना गरी ५ जनाको सोमवार संविधान दिवसको अवसरमा कैद मिनाह गरिएको हो ।
जिल्ला कारागार कञ्चनपुरका जेल्लर माया बस्नेतले कृष्णपुर नगरपालिका– ७ का रामबहादुर नेपाली (वहुविवाह मुद्धा ), वेदकोट नगर पालिकाका बागेश खडका (चोरी मुद्धा), कृष्णपुर नगरपालिका– ४ का धौले ऐरी (डाँका चोरी मुद्धा), भीमदत्त नगरपालिकाका सन्जय थापा (कर्तव्य ज्यान मुद्धा) र बझाङका रबिन्द्र ऐडी(कर्तव्य ज्यान मुद्धा) का कैदीबन्दीलाई आमाफी दिईएको जानकारी दिईन् ।
जेलमा बस्दा आँचरण आनीबानी, अनुसान सुधारीएको, मिहिनेती, कारागार भित्र काम गर्ने, तथा ५० प्रतिशत कै भुक्तान गरेका कैदीहरुको सबे विवरण भरेर कारागार व्यवस्थापन विभागमा लेखि पठाएको नेपालको संविधानको धारा २७६ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ बमोजिम सो माफी दिइएको उनले बताईन् । देशैभर आज ६ सय ८१ कैदीलाई आममाफी दिईएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.