डडेल्धुरामा कार दुर्घटना, ४ जना घाइते

महेन्द्रनगर । डडेल्धुरामा कार दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । केआइसिंह राजमार्गअन्तर्गत जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ गजरौलामा धनगढीबाट दीपायलतर्फ गइरहेको सु.प.प्र ००१ च ३३६८ नम्बरको कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।
डीएसपी भट्टले दुर्घटनामा परेर चालक कञ्चनपुरको महेन्द्रनगरका कृष्ण ऐरसहितका चार जना घाइते भएको जानकारी दिए । घाइते हुनेहरुमा दिपायल बस्ने अमन सूचीकार, गोपाल सूचीकार र सन्तोश नेपाली रहेका छन् । उनीहरु मध्ये नेपालीको अवस्था गम्भीर छ ।
डीएसपी भट्टका अनुसार घाइते चार जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ । घटनास्थलमा स्याउले र सकाइल प्रहरी चौकीको टोली पुगेको छ । दुर्घटनाको कारण भने खुलेको छैन् ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.