महेन्द्रनगर । संविधान दिवसको अवसरमा कञ्चनपुरको कृष्णपुरमा आज रक्तदान कार्यक्रम भएको छ । कृष्णपुर नगरपालिकाको नगर प्रमुख हेमराज ओझाको अध्यक्षतामा भएको बृहत रक्तदान कार्यक्रम संविधान दिवसको अवसरमा नेपाल रेडक्रस प्रादेशिक रक्त सञ्चार सेवा धनगढीको सहयोगमा भएको हो । संविधान दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम कृष्णपुर स्वास्थ्य चौकिको भवनमा भएको हो । नेपाल रेडक्रस प्रादेशिक रक्त सञ्चार सेवा धनगढीका प्रमुख धरहरी पन्त बाट रक्तदान गर्ने कार्य शुरु गरिएको थियो भने कृष्णपुरका कर्मचारी र युवा गरी ३७ जनाले रक्तदान गरेका छन् ।
यसैगरी पुनर्वास नगरपालिकाले पनि रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाईटी पुनर्वास उपशाखाको समन्वय र पुनर्वास नगरपालिकाको आयोजनामा कार्यक्रम भएको हो । रक्तदान गर्ने दातालाई नगरपालिकाले सम्मान पत्र वितरण गरेको छ । जनप्रतिनिधि, पत्रकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सामाजिक अभियन्ता सहित ३९ जनाले रक्तदान गरेका थिए । संविधान दिवसकै अवसरमा सहिद गोबिन्द गौतमको सालिकमा माल्यार्पण गर्नुका साथै गोबिन्द गौतमका बुवालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । जिल्ला प्रसाशन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारी, नगर प्रमुख तोय प्रसाद शर्मा, उपप्रमुख भुलिया रानाले सहिद गोबिन्द गौतमको सालिकमा माल्यार्पण गर्नु भएको थियो ।

शुक्लाफाँटा खबर
5377 posts
Comments are closed.