महेन्द्रनगर । कञ्चनपुरमा पहिचान नखुलेको ३ वटा शव प्रहरीले अन्त्येष्टि गरेको छ । लालझाडी गाउँपालिका–१ को चिनी मिल नजिकै उखुबारीमा भेटिएका दुईवटा र पुनर्बास नगरपालिका–१० को दोदा नदी नजिकै भेटिएको एउटा शवको पहिचान नखुलेपछि गाडिएको प्रहरीले जनाएको छ ।
सडेको अवस्थामा भेटिएको शवको पहिचान गर्न नसकेपछि प्रक्रिया पु¥याएर गाडिएको इलाका प्रहरी कार्यालयका त्रिभुवन वस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए । मेडिकल परीक्षण गर्न सकिने अवस्थासमेत नभएपछि प्रक्रिया पुगाएर स्थानीय जनप्रतिनिधिसहित सरोकारवालाको रोहबरमा सोही ठाउँमा शव गाडेको उनले बताए ।
आइतबार साँझ शव भेटिएपछि प्रहरीले चिकित्सकको टोली घटनास्थलमै लगेर डीएनए परीक्षणका लागि नमूना संकलन गरेको थियो । त्रिभुवन वस्ती प्राथमिक स्वास्थ्य केन्द्रका डा। मोसा तामाङ नेतृत्वको टोलीले शवको वैज्ञानिक परीक्षणका लागि नमूना संकलन गरेको प्रहरी निरीक्षक मल्लले बताए ।
प्रहरीका अनुसार चुरा र कपडाका आधारमा दुई वटा शव महिला र एउटा पुरुषको भएको खुले पनि उनीहरुको नाम र ठेगाना पहिचान भएन । शनिबार बाढीले ती शव अन्यत्रैबाट बगाएर ल्याएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
शुक्लाफाँटा खबर
6589 posts
सम्बन्धित
Comments are closed.