महेन्द्रनगर । कञ्चनपुरमा गाई र भैसीसँग मोटरसाइकल र अटो ठोक्किदा ५ जना घाईते भएका छन् ।
सोमबार राति ८ बजे शुक्लाफाँटा नगरपालिका–११ स्थित वनहरा पुलमा गाईसँग से ५ प ५१९० नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले बताएको छ ।
दुर्घटनामा चालक कृष्णपुर नगरपालिका–६ का ४८ वर्षीय टेकराम चौधरी र पछाडि सवार ५० वर्षीय बाधुराम चौधरी घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उनीहरुको गुलरियास्थित एक मेडिकलमा उपचार भइरहेको प्रहरीले बताएको छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।
यस्तै, भैँसीसँग अटो ठोक्किँदा तीन जना घाइते भएका छन् । सोमबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ स्थित अर्जुनी व्यारेक नजिकै सुपप्र ०२ ००१ ह १८१६ नम्बरको अटो भैँसीसँग ठोक्किएको प्रहरीले बताएको छ ।
दुर्घटनामा चालक शुक्लाफाँटा–७ का ४० वर्षीय पुना खत्री, अटोमा सवार सोही ठाउँकी ४० वर्षीया राजमती भट्ट र उनका २३ वर्षीय छोरा पुष्पराज घाइते भएका प्रदेश ट्राफिक प्रहरी अत्तरियाले जनाएको छ । घाइतेहरुको शुक्लाफाँटा पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार अचानक भैँसी सडकमा आउँदा अटोसँग ठोक्किएर अर्जुनी व्यारेक नजिकै दुर्घटना भएको हो । चालकलाई अटोसहित प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
शुक्लाफाँटा खबर
5187 posts
सम्बन्धित