कैलालीमा हतकडीसहित एक युवक फरार

महेन्द्रनगर । कैलालीमा हतकडीसहित एक युवक फरार भएका छन् । लागुऔषधसहित समातिएका युवक हतगडीसहित फरार भएका हुन् । ईलाका प्रहरी कार्यालय सडकपुरबाट सोमबार दुई ग्राम लागुऔषधसहित पक्राउ परेका युवक फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बर्दगोरिया गाउँपालिका–२ का २८ वर्षीय जुगराम चौधरी हतगडीसहित भागेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । फरार रहेका चौधरीको खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय सडकपुरले बताएको छ ।

सम्बन्धित

Comments are closed.