महेन्द्रनगर । बेलडाँडी गाँउपालिकामा महाकाली सिँचाई द्धितिय चरण क्षेत्रिय समिती अन्तर्गत ब्लक नम्वर ५ ले नाकुराम चौधरीलाई अध्यक्षमा चुनेको छ । बेलडाँडी गाँउपालिका ३ मा चौधरी सहित १६ जना सदस्यहरु सर्वसम्मतमा चयन गरिएको वडा अध्यक्ष दुर्गाप्रशाद चौधरीले जानकारी दिएका छन् ।
यसैगरी उपाध्यक्षमा मानबहादुर रोकाया, महासचिवमा कालुराम डगौरा, सचिवमा शेरबहादुर शाही, कोषाध्यक्षमा छविलाल चौधरी, सदस्यमा अमरबहादुर रोकाया, सिता चौधरी, शेरबहादुर चौधरी, देवकी बुढा, छक्कन चौधरी, तेजबहादुर रावत, लक्ष्मी खत्री खडका चयन भएका छन् ।
यसैगरी, क्षेत्रिय प्रतिनिधीमा लिखिराम डगौरा, गोपाल पन्त, केन्द्रिय प्रतिनिधीमा चेतनकुमार राई र धिमबहादुर राईलाई चुनिएको वडा अध्यक्ष चौधरीले जानकारी दिए । यो ब्लक समितिले क्षेत्रिय समितीसँग समन्वय गरेर शाखा नहर टर्सरीमा टुटफुट भयो भने, निर्माण गर्ने र आएको बजेटको आधारमा अतिआवस्यक क्षेत्रमा टर्सरीमा पक्कीलाईनिङ गर्ने काम गर्ने उनले बताए । साथै मुल नहर र शाखा नहरमा समस्या भएपछि बजेट माग गरि काम गर्ने जानकारी दिए ।
शुक्लाफाँटा खबर
6412 posts
सम्बन्धित
Comments are closed.