दलित महिलाहरुको विकास गर्न जनप्रतिनिधीको अहम भुमिका हुनुपर्नेमा जोड

महेन्द्रनगर । दलित महिलाहरुलाई उनिहरुको आर्थिक राजनैतिक, सामाजिक विकास गर्न जनप्रतिनिधीहरुको अहम भुमिका हुनुपर्ने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
दलित महिला संघ फेडोको आयोजना र भीमदत्त नगरपालिकाको सहकार्यमा संचालित नेपालमा दलित महिलाको मानवअधिकार प्रवद्र्धन परियोजना अन्र्तगत दलित महिलाका सवाल तथा जनप्रतिनिधीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागि उक्त कुरामा जोड दिएका हुन् ।
भीमदत्त नगरपालिकामा रहेको १९ वटै वडाका अध्यक्षहरुको सहभागिता रहेको कार्यक्रममा अधिकाँश वक्ताले दलित महिलाहरुको हक अधिकार उनिहरुको आर्थिक पक्ष राजनैतिक पक्ष सामाजिक पक्षलाई सुदृढ गर्न माथि उकास्न जनप्रतिनिधीहरुको अहम भुमिका रहेको जिकिर गरेका छन् ।
कार्यक्रममा सहभागि भएका वडा अध्यक्षहरुले दलित महिला , बिपन्न महिला, र एकल महिलाहरुको नाममा आफुहरुले बिभिन्न रोजगारी मुलक कार्यक्रम संचालन गरेको र अब आउने आर्थिक वर्ष चालु आर्थिक वर्षमा पनि बजेट छुट्याएर आत्म निर्भर बनाउनको लागि सहयोग गरेको बताएका छन् ।
भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीले सबै वडा अध्यक्षहरुलाई आआफनो वडामा दलित महिला पछाडी पारिएका महिला, एकल महिलाहरुको हक अधिकारको लागि उनिहरुको अािर्थक विकास शिप विकास तथा नेतृत्व विकासका लागि पछि नहट्न आग्रह गरिन् । आफना वडाका दलित महिलाहरुले के चाहेका छन् कस्तो योजना माग गरेका छन् त्यो आधारमा योजना छानेर उनिहरुलाई नछुटाई काम गर्न पनि आग्रह गरिन् ।
साथै दलितवर्गको लागि सिलाई कटाई मात्र नभएर त्यो भन्दा माथि दलित परिवारका बालबालिकालाई लोक सेवा आयोगका कक्षाहरु, शिक्षाका कुराहरु लगायत अन्य शिपयुक्त योजना बनाएर आयो भने आर्थिक सहयोग बजेट छुट्याउनको लागि पनि आफुहरुले पहले गर्ने बताए ।
हाल राज्यले गरिबीको खण्डिकृत तथ्याङक अध्यावद्यिक नगरेको तर पछिल्लो जीवनस्तर सर्वेक्षण अनुसार दलित समुदाय गरिबीको दर राष्ट्रिय औसत भन्दा करिब १७ प्रतिशतले बढी रहेको फेडोका जिल्ला कार्यक्रम संयोजक नरबहादुर आउजीले बताए ।
घरेलु हिंसा,बलात्कार,बोक्सीको आरोप,लगायतका महिला हिंसाको पिडितको हिस्सा जनसंख्याको तुलनामा दलित महिलामा उच्च रहने र जातिय भेदभाव र लैङगिक भेदभाव दुवैको सामना गर्नु परेकाले सम्मानित जिवन जिउन दलित महिलाको लागि ठुलो चुनौती बनेको फेडोका जिल्ला अध्यक्ष लक्ष्मी बिकले बताईन् । मानव बेचबिखनमा पनि दलित महिलाको हिस्सा जनसंख्याको अनुपातमा बढी नै रहेको र अन्तरजातिय विवाहमा परिवार तथा समाज दुबैको प्रहार पुरुषको तुलनामा दलित महिलामा बढी परेको उनले जिकिर गरिन् ।
साथै जनप्रतिनिधीहरुले दलित महिलाहरुको आर्थिक सामाजिक राजनैतिक तथा अन्य समाजमा ससम्मानका बाच्नको लागि आवस्यक पर्ने सेवा सुविधा तथा बजेट छुट्याएर उद्यमी बनाउनमा सहयोग गर्ने अपेक्षा लिएको उनले बताईन् ।

सम्बन्धित

Comments are closed.