(२३) वि.सं. २०६२ भाद्र ८ गतेको गोर्खापत्रमा प्रकाशित खिमानन्द आचार्यको ‘मानवताका पुजारी जयपृथ्वी’ शीर्षक लेखमा उल्लेखित (मुख्यांश) कुरा यसप्रकार छ–
वास्तवमा जयपृथ्वीबहादुर सिंह दयाका सागर थिए । मानवीय सम्वेदनाका प्रतिमूर्ति थिए । वि.सं. १९९३ मा इटलीको आक्रमणबाट पीडित भएका जनताको सेवागर्नका लागि उनी आफ्नै खर्चमा अविसिनिया पुगे । विशेष गरेर प्रथम विश्वयुद्धपछि मानवतावादी अभियानमा समर्पित भएको पाइन्छ । त्यसैले त उनमा लालसाको छाया परेको थिएन । उनको अन्तिम इच्छा खप्तड क्षेत्रमा आश्रम बनाएर बस्ने थियो । तर त्यो इच्छा पूर्ण भएन ।
नेपाली राष्ट्रिय चेतनाका संवाहक जसमा आफ्ना पिताको धार्मिक कृत्यको प्रभाव परेको पाइन्छ । बाबुको न्याय परायणताको प्रभावले गर्दा मानवताप्रति बढी सचेष्ट भएको महशुस हुन्छ । सत्यतथ्यका आधारमा कुरा गर्ने व्यक्तित्व जयपृथ्वी समाजमा पीडित वर्गको उद्धारमा समर्पित भएको पाइन्छ । निडर र स्वाभिमानी भएकै कारणले उनी आफ्नै मान्छेका लागि आँखाको कसिंगर भएका थिए ।
राजा जयपृथ्वीबहादुर सिंहको मानवतावादी दर्शनले शारीरिक तत्वलाई भन्दा मानसिक तत्वलाई प्रबल बनाउन चाहेको स्पष्ट हुन्छ । मान्छेको मनमा उत्पन्न हुने पाशविक मानवता र देवत्वका गुणहरूको प्रभावबाट व्यक्तिको चरित्र निर्माण हुन्छ ।
देवत्व गुण वा पशुत्व गुण– जुन तत्वको प्रभावले विजय पाउँछ, त्यही अनुकूलको चरित्र निर्माण हुन्छ । विकट जिल्लाको काखमा जन्मेर, अन्धकार युगलाई चिर्दै चह¥याइ रहेको घाउमा मलम लगाउने कार्य गर्ने व्यक्तित्व हुन जयपृथ्वी ।
जयपृथ्वीबहादुर सिंहको बारेमा भुवनलाल प्रधानको भनाई उद्यृत गर्दै लेखिएको छ–“सुधारवादी, प्रजातन्त्रवादी, आधुनिक विचारको व्यक्तित्व जसले राज्य सञ्चालन बारे श्री ३ सँग छलफल हुँदा बेलायतको जस्तो प्रजातन्त्र हुनुपर्छ भनी प्रस्ताव राख्ने व्यक्तित्व हो उहाँ ।
उनको मृत्युपश्चात भारतबाट निक्लेको अमृत बजार पत्रिकाले लेखेको थियो– “नेपालको दोस्रो गौतम बुद्धको मृत्यु भयो” । उल्लेखित तथ्यले के कुराको पुष्टि गर्दछ भने राजा जयपृथ्वीबहादुरले यथार्थमा मानवीय अस्तित्वको संरक्षणको पक्षमा आपूmलाई समर्पित गरेका थिए ।”
(२४)राजा जयपृथ्वीबहादुर सिंह– मैले चिनेसम्म
(२०३४ साउन अंक ३, रुपरेखा पत्रिका)
– देवेन्द्रराज उपाध्याय
कुरा चालिस वर्ष अघिको हो । बझाङ्गका निर्वासित एवं जातिच्यूत राजा बंगलोरमा बस्नुहुन्थ्यो । उहाँलाई निर्वासित गर्ने एवं जातिच्यूत गर्ने उहाँकै ससुरा चन्द्र समसेरको उनन्तिस वर्षको त्रूmर तानाशाही सकिएर उनको मृत्यु भएको आठ वर्ष भइसकेको थियो । तर पनि न त भीम समशेरले न त जुद्ध समशेरले जयपृथ्वीबहादुरलाई स्वदेश फिर्ता बोलाउन र उहाँको जातमा पुर्नस्थापित गर्ने आँट गरेका थिए । कारण उनीहरू पनि मानवतावादी जयपृथ्वीबहादुर सिंह त्रसित थिए ।
मनुष्यको सद्गुणमा जयपृथ्वीबहादुरलाई ठूलो विश्वास थियो । उहाँले ‘मानववाद समाज’को स्थापना गर्नु मात्र भएको थिएन ‘मानववादी’ भन्ने अँग्रेजीमा पत्रिका पनि प्रकाशित गर्नु भएको थियो । बिचारको स्वतन्त्रता माथि पूर्ण बन्देज लगाउने राणा शासनलाई आफ्नै ज्वाइँबाट हुने यस्तो प्रकाशन पनि ग्राह्य थिएन, तसर्थ नेपालभन्दा जति टाढा भारतको इलाकामा जयपृथ्वीबहादुर बसे उति बढी शान्तिको सास राणाहरू फेर्न सक्ने थिए ।
राजा जयपृथ्वीबहादुरसित मेरो भेट हुँदा उहाँ तत्कालीन अविसिनिया (वर्तमान इथियोपिया)बाट फर्केको लगभग डेढवर्ष भएको थियो । मानवमाथि नृशंस उत्पीडन जहाँ भए पनि जयपृथ्वीबहादुरको हृदय द्रवित हुन्थ्यो । सन् १९३५ मा अविसिनियामाथि इटलीले हमला ग¥यो । सम्राट हेलेसिलासी तत्कालीन राष्ट्र संघका समक्ष विश्वको नैतिक समर्थन माग्न जानुभयो । तर, पश्चिमी शक्तिहरूको पूर्ण नियन्त्रणमा रहेको राष्ट्र संघले इटलीका विरुद्ध केही गर्न सकेन र चाहेन पनि ।
इटलीले अविसिनियाको विभिन्न भागमा मष्टर्ड ग्याँसको अन्धाधुन्द वर्षा गरिरहेको थियो । लाखौं अविसिनियावासीहरू त्यस ग्याँसको फलस्वरुप घाउ भएर मरिराखेका थिए ।मानवको यत्रो व्यापक हत्या जयपृथ्वीबहादुरका निमित्त असह्य भयो । उहाँमा अविसिनयावासीहरूलाई कुनै प्रकारले भए पनि सहायता गर्ने उत्कट अभिलाषा जागेर आयो । तर भारतमा अँग्रेजको राज्य थियो । आक्रामक इटली अँग्रेजको मित्र थियो । यस अवस्थामा अविसिनिया पुग्ने कसरी? राणाहरूबाट पासपोर्टपाइने सम्भावना थिएन । पाए पनि अँग्रेजले अविसिनिया जान दिने थिएन ।
उहाँलाई एउटा उपाय मनमा आयो । रङ् साँवलो र साधारण जापानीभन्दा अलि अग्लो देखिए तापनि, सिन्काले कोरेका जस्ता उहाँका आँखा सानो निधारका जापानी किसिमको कपालमा उहाँ धेरै मात्रामा जापानी देखिनुहुन्थ्यो ।बंगलोरमा थाहा पाएअनुसार, जयपृथ्वीबहादुरले कुनै किसिमबाट एक नक्कली जापानी पासपोर्ट लिन सफल हुनुभएछ । जापानबाट लगभग पाँच हजार डलरको ग्याँसमास्क किनेर उहाँ अबिसिनिया निवासीहरूको सहायताका निमित्त अदिस अबाबातर्पm प्रस्थान गर्नु भयो । उहाँले अविसिनियामा ग्याँस मास्क वितरण गरेर धेरै अविनियावासीको ज्यान बचाउन मद्दत गर्नुभयो । तर इटलीको बढ्दो सामरिक शक्तिका समक्ष अविसिनिया कति दिन टिक्न सक्थ्यो र? अविसिनियाले आत्मसमर्पण ग¥यो । जयपृथ्वीबहादुर युद्धबन्दी बनाइनु भयो । पछि अँग्रेजहरूको मध्यस्थताबाट उहाँ छुट्नुभयो । आफ्नो ज्यानको बाजी लगाएर पनि अरु देशका मानिसको मद्दत गर्ने उहाँमा अतुलनीय गुण थियो ।
गोरखापत्रको संस्थापनदेखि शिकागोमा भएको विश्वधर्म सम्मेलनमा भाग लिने कार्यक्रम, जयपृथ्वीबहादुरको जीवन मानव मात्रको सेवा गर्नुमा सीमित थियो । यसका निमित्त निर्वासित हुनु, जातिच्यूत हुनु, ज्यानको बाजी लगाउनु उहाँ कर्मक्षेत्रको दायित्व सरह ठान्नुहुन्थ्यो ।सन् १९३७ मा तीन महिनासम्म उहाँसित पढ्ने सौभाग्य मलाई प्राप्त भएको थियो । बझाङ्गी राजाको परिवार र हाम्रो परिवारसित धेरै समयदेखि ब्राह्मणत्वको सम्बन्ध थियो । त्यसै सन्दर्भमा म उहाँको निवासस्थान बंगलोर गएको थिएँ । उहाँको निवास उहाँकै नाउँमा थियो– ‘जय भवन’ । राणा शासकहरूले कुन्नि कसरी यो भवन उहाँका हकवालाहरूले नपाउने गरी आपूmलाई पारे । जयपृथ्वीबहादुरको मृत्यु सन् १९४१ मा हुँदा भारतमा अँग्रेजकै राज्य भएकोले यो सम्भव हुन सकेको थियो होला ।
जयपृथ्वीबहादुर वडो नियमित जीवन व्यतित गर्नुहुन्थ्यो । विहान आफ्नो बगैंचामा घुम्ने, त्यसपछि नित्य कर्म गरी विहानको चिया नास्तापछि हामीलाई पढाउने । (मेरा अतिरिक्त उहाँकहाँ पालिएका राम लक्ष्मण नाउँ गरेका दुई दाजुभाइ थिए), त्यसपछि उहाँको विशाल पुस्तकालयमा अध्ययन गर्ने । तिनताक उहाँ एक बंगाली प्राध्यापकको सहयोग लिएर आफ्नो संस्मरण लेख्दै हुनुहुन्थ्यो । त्यो संस्मरणलाई उहाँको सम्पत्ति हात पार्नेहरूले के गरे मलाई थाहा छैन ।
जय भवन सामुन्ने एक विशाल ताल थियो– अलसूर टैंक भन्ने जयपृथ्वीबहादुर अपरान्ह चार मिल सेरोफेरो भएको यो तालको पैदल यात्रा गर्नुहुन्थ्यो ।साँझ ६ बजेदेखि ९ बजेसम्म उहाँ आफ्नी पत्नी (चन्द्र समशेरकी जेठी छोरी) सित बैठकमा बस्नुहुन्थ्यो । बडो शान्त स्वभावका साथ उहाँलाई तीन घण्टा आफ्नी पत्नीको अनावश्यक फतफत सुन्नु पर्दथ्यो । कहिले काहिँ उहाँकी पत्नीले आफ्नै केटी सुसारे बझाएर बाझेको सुन्दा आनन्द मनाउने गर्दथिन् । जयपृथ्वीबहादुर जस्तो शिक्षित व्यक्तिलाई यस्तो सामन्तवादी अरुचिकर प्रवृत्ति मन पर्दैनथ्यो । तर पत्निको उत्तरदायित्वबाट पनि उहाँ बञ्चित हुन चाहनु हुन्नथ्यो । मन नपर्दा पर्दै पनि उहाँ शान्तिपूर्वक यी दृश्यहरू हेर्नुहुन्थ्यो ।
जयपृथ्वीबहादुरको निजी पुस्तकालय अभैm जय भवनमा हुनुपर्दछ । उहाँले प्रकाशित गर्नु भएका अथवा लेखेर प्रकाशित गर्न बाँकी कृतिहरू संग्रह गरी प्रकाशित गर्न सकियो भने तत्कालीन नेपालको एवं तत्कालीन नेपालको एक प्रखर बुद्धिको बारेमा हामी धेरै थाहा पाउन सक्ने थियौं ।
(२५) जहाँ भएपनि, जहाँ गएपनि मानवमाथिको नृशंस उत्पीडनले जयपृथ्वीको मानववादी विश्वात्म हृदय द्रवित हुन्थ्यो । विश्वमा दन्किइरहेको युद्ध विभिषिका तथा दैवी प्रकोप आदि आकस्मिक परिस्थितिमा उत्पीडितहरूको मानवीय सेवाका निम्ति जयपृथ्वीको आफ्नै श्रोतबाट रेड्क्रस र हस्पिटल स्थापित गर्ने उत्कट सदिच्छा बारे भारत बंगलोरस्थित आफ्नो निवास ‘जयभवन’बाट सन् १९३९ सेप्टेम्बर १५ मा बझाङ्ग जुजी डुंग्रीका नन्दीकेश्वर जोशीलार्ई (देहाय बमोजिम) लेखी पठाएको पत्रमा उल्लेख पाईन्छ ।
(२६) ‘जयपृथ्वी पोष्ट पाक्षिक पत्रिकालाई शुभकामना’ शीर्षकमा तत्कालिन ‘जयपृथ्वी मानवतावाद संघ’ बझाङ्गका अध्यक्ष श्री लक्ष्मण प्रसाद उपाध्यायको २०६५ भाद्र ६ गते प्रकाशित लेखमा उद्धृतांस (मुख्यांस) व्यहोरा उल्लेख गर्नु प्रासंगिक भएकाले यहाँ प्रस्तुत गरिएको छ–
“……जयपृथ्वीले राजनीतिक सिद्धान्त, नाराहरूले आफ्नो फोटोमा माल्यार्पण गराउनु र शक्ति–शासक बन्नु नभई जीवनभर मानव अस्तित्व जोगाउन जो विचार सारा मानव प्राणीलाई दिएर जानुभयो त्यो नै मानवहितमा सम्भव छ । यहाँ प्रशंसा गर्नुभन्दा उत्तम बहादुर सिंहको ‘मानवतावादी जयपृथ्वी जीवन संसार’ (२०५५) पुस्तकबाट जगदीश रोकायाले जुन ‘जयपृथ्वी पाक्षिक’ पत्रिका सञ्चालन गर्न खोज्नु भएको छ त्यो एउटा विशाल कार्य हो । बझाङ्गीको शिर ठाडो राख्ने जयपृथ्वीबाट हामीभित्र खिया लागेका खराव विचार–भावनालाई माझेर पुनः जीवन्त पार्ने अथक प्रयासलाई यस पाक्षिक मार्पmत “हार्दिक मंगलमय शुभकामना” ।
(२७) क्षेत्रीय अखवार पश्चिम नेपाल पत्रिका (२०६६ आश्विन १ दैनिक)मा प्रकाशित समाचारमा ‘जयपृथ्वीबहादुर सिंह पत्रकारिता पुरस्कार’ स्थापना र पुरस्कार प्रदान गरिएको सन्र्दभमा उल्लेखित व्यहोरा यहाँ प्रस्तुत गरिन्छ–
“…… नेपाल पत्रकार महासंघ कैलालीले यस वर्ष स्थापना गरेको ‘जयपृथ्वीबहादुर सिंह पत्रकारिता पुरस्कार २०६६’ पत्रकार सिद्धराज भट्टलाई प्रदान गरेको छ । १६ वर्षदेखि राष्ट्रिय समाचार समितिको धनगढी प्रतिनिधिका रुपमा कार्यरत भट्ट उक्त पुरस्कार पाउने पहिलो पत्रकार हुन् । बुधबार, धनगढीमा आयोजित सातौं साधारण सभामा प्रमुख अतिथि महासंघका केन्द्रिय कोषाध्यक्ष रमेश विष्टले दोसल्ला, कदरपत्र र रु.५५५५।– नगद राशी सहितको पत्रकारिता पुरस्कार भट्टलाई प्रदान गर्नु भयो ।…..”
अरुमाथि हुकूम चलाउनेले आपूmले पनि अरुको आज्ञापालन गर्नै पर्छ भन्ने कुरा विर्सनु हुँदैन । बुद्धि, धैर्य, धर्म, आदि विषयमा अरुको कुरा सुन्ने र त्यसबाट आपूmले आर्जन गरेका ज्ञान, इलम, विचार, अनुभवबाट आफ्नो काम गर्ने स्वतन्त्रता निर्धारण गर्नाले मात्र आफ्नो मान, मर्यादा र मान्यता कायम रहन्छ । – जयपृथ्वी