महेन्द्रनगर । भीमदत्त नगरपालिकाकी उप–प्रमुख नीलम लेखक जोशीले “गरिबसँग उप–प्रमुख” कार्यक्रम अन्तर्गत गरिब, विपन्न, दलित तथा असहाय व्यक्तिहरूलाई खाद्यान्न सहयोग वितरण गर्नुभएको छ ।

भीमदत्त नगरपालिकाभित्र स्थायी बसोबास गर्दै आएका आर्थिक रूपमा कमजोर परिवारहरूलाई लक्षित गर्दै उक्त सहयोग वितरण गरिएको हो । आफै स्वयम फिल्डमा खटिएर वडा नम्बर १,३,५,७,९,१०,१४ र १८ वटा निवेदन प्राप्त भएका केही व्यक्तिहरु लाई खाद्यान्न राहत बितरण गर्नु भएको छ ।

उप प्रमुख लेखकले प्रत्यक बर्ष आफ्नो विशेष पहलमा बिपन्न हरुका लागि केही मात्रामा भए पनि राहत मिल्छ भन्ने उद्देश्यले यो कार्यक्रम राख्ने गरेको हो । उप प्रमुख लेखकले वास्तविक गरिव होकि होइन भन्ने जानकारी लिनका लागि पनि प्रत्यक्ष आफै फिल्डमा गएर बितरण गर्नु भएको हो ।

साथै अति गरिव दयनिय अवस्थामा भेटिएका केही बिपन्न परिवारका सदस्यलाई व्यक्तीगत रुपमा केही आर्थिक सहयोग पनि गर्नु भएको छ ।
वास्तविक बिपन्न गरिवले यो सानो खाद्यान्न राहत पाउँदा आफुलाई भित्रैदेखी अन्तर हृदयमा एकदमै खुशी महसुस हुने बताउनु भएको छ ।
कार्यक्रममा उप–प्रमुख जोशीले विपन्न वर्गको जीवनस्तर उकास्न नगरपालिकाले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।
उहाँले आर्थिक अभावका कारण दैनिक जीवनयापन गर्न कठिनाइ भोगिरहेका परिवारहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सहयोग गरिएको उल्लेख गर्नुभयो ।
साथै, आगामी दिनमा पनि यस्ता सहयोगमूलक कार्यक्रमलाई अझ प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
स्थानीय बासिन्दाहरूले यस किसिमको सहयोगले आफूहरूलाई ठूलो राहत मिलेको भन्दै उपप्रमुख लेखक प्रती आभार प्रकट गरेका छन् ।
Comments are closed.