महेन्द्रनगर । कृष्णपुर नगरपालिकाले अतिक्रमित गरेका जग्गा जमिनबाट अबैध संरचना हटाउने भएको छ । नगरपालिकाले आफनो भुभाग तथा अबैध संरचना सडक मिचेर बनाईएका खोका छाप्रा लगायतलाई हटाउने भएको हो ।
मेयर हेमराज ओझाले कृष्णपुर नगरपालिको बनहरा नदी देखी कैलालीको मोहना नदीको बिचमा र बजार क्षेत्रमा रहेको अबैध खोका छाप्रा टहरा लगायतलाई हटाईने बताए ।
बजार क्षेत्रमा लगाईएका सडक मिचेर बनाईएका सिंडीहरु खोका छाप्रा टहराहरु हटाईने तथा ईलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट बाणीका अगाढी माटो फिलिङ गरिने र त्यसैमा अटो स्टेन्ड बनाएर सुरक्षित यात्रा गराउने लक्ष्य रहेको उनले बताए ।
साथै बिभिन्न ठाँउबाट आएका बसहरु आएर बजार क्षेत्र सडकमै रोकिने समस्यालाई कम गर्नका लागि अलि भित्रतिर बस लगेर यात्रु हाल्ने ओराल्ने ब्यबस्था पनि गरिने योजना गरहेको मेयर ओझाले बताए ।
अहिले बजार क्षेत्रमा अटोको संख्या पनि बढदै गईरहेको साथै बजारमा सडक च्यापेर खोका छाप्रा हाल्ने, सिंडी बनाएर जमिन मास्ने लगायतको कामलाई हटाउनको लागि तिव्रताको साथमा काम भई रहेको उनले बताए ।

शुक्लाफाँटा खबर
5501 posts
Comments are closed.