महेन्द्रनगर । कैलालीमा एक महिलाको हत्या भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा श्रीमान्ले श्रीमतीको हत्या तथा छोरीलाई पनि घाइते बनाई फरार भएका हुन् ।
वडा नम्बर ५ बस्ने शेरबहादुर नामजाली मगरले आफ्नी श्रीमती ललिता नामजाली मगरको धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरीले बताएको छ । उनले आफ्नी छोरी लक्ष्मी नामजाली मगरलाई पनि हतियार प्रहार गरि घाइते बनाएका छन् ।
उनको उपचार स्थानीय अस्पतालमा भइरहेको बताइएको छ। शेरबहादुरको खोजी कार्य भइरहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Comments are closed.