निर्वाचन आयोगले हालेको उम्मेदवारको खर्च विवरणमा त्रुटी

महेन्द्रनगर । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले स्थानिय चुनाव २०७९ साल बैशाखमा भएको चुनावमा उम्मेदवारले गरेको खर्च दिएको तथ्याङक गलत भएको पुष्टि गरेको छ ।
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले निर्वाचन आयोग नेपालले अनलाईनमा राखेको उम्मेदवारको खर्च विवरण पुरानै प्रविष्ट भएको जनाएको छ । निर्वाचन आयोग नेपालका कम्प्युटर अपरेटर टेक महर्जनले जिल्लाबाट आएका तथ्याङक अनुसार नै कम्प्युटरमा प्रविष्ट गरिएको तथा कञ्चनपुर जिल्ला लगायत अन्य जिल्लाहरुको हकमा बढी त्रुटी देखिएको र जिल्लाले लेखेर दियो भने, सच्चाईने बताएका छन् ।
यता, जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीले अनलाईनमा भएको त्रुटीको लागि केन्द्रमा सच्चाई पाँउ भनी पत्राचार गरेको र अबको केही दिनमा उक्त समस्याको समाधान हुने बताएका छन् ।
निर्वाचन आयोग नेपालले राखेको तथ्याङक अनुसार जिल्लामा बिभिन्न मिडियामा समाचार आएपछि आफनो खर्च विवरण दिएका उम्मेदवारहरु रुष्ट भएका छन् । उनका निर्वाचन आयोग नेपालले नयाँ निर्वाचित उम्मेदवारहरुले आफनो चुनावी खर्च विवरण कानुनले तोकेको समययावधी भित्रै आफनो सम्पुर्ण चुनावी खर्च बुझाई सकेको भएपनि अनलाईनमा भएको त्रुटीले गर्दा खर्च बुझाएको उम्मेदवारको पनि नबुझाएको देखिएको बताए । कञ्चनपुरमा विजयी भएका प्रमुख उपप्रमुख सम्पुर्णले आफनो निर्वाचन खर्चको विवरण बुझाएको भएपनि नबुझाएको तथ्याङकमा देखिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.