महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा बिहिबार मुक्त कमैया समाजले जिल्ला अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख अतिथीको आसन बाट बोल्दै मुक्त कमैया समाजका केन्द्रिय उपाध्यक्ष जगन्नाथ डंगौराले अझै पनि मुक्त कमैयाहरु पुर्नस्थापना हुन बाकी रहेका र लालझाडी गाउपालिका वडा नं।६ खैरगढैया मुक्त कमैया बस्तीको नक्सा श्रेष्टा कायम नभएको बताउनु भएको छ ।
यसैगरी बिशिष्ट अतिथी कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले मुक्त कमैयाहरुको सबै समस्या नितिगत रुपमा समाधान गरिनु पर्ने बताउदै मुक्त कमैया युवा युवतिहरुलाई विधि र प्रकृया अनुसार नै म्यादी प्रहरीमा भर्ना लिइने कुरा राख्नु भयो । यस्तै बिशिष्ट अतिथी नापी कार्यालयका प्रतिनिधि पुष्कर बहादुर पालले यदी अधिकार सम्पन्न मुक्त कमैया पुर्नस्थापना आयोग बाट नापी भएको हो भने सबै बस्तीको नक्सा श्रेष्टा कायम भएको हुनु पर्ने बताउनु भयो ।
यसैगरी नेकपा माओवादी केन्द्र कञ्चनपुरका प्रतिनिधि कृष्णदत्त जोशीले कमैयाहरुलाई मुक्ती गराउनका लागि नै नेकपा माओवादीले जनयुद्ध गरेको बताउनु भयो । यसैगरी नेपाली कांग्रेश कञ्चनपुरका सचिव भिमराज भट्टले बधुवा दासको रुपमा रहेका कमैयाहरुलाई कांग्रेश सभापति शेरबहादुर देउवाले नै मुक्तिको घोषणा गरेको दाबी गर्नु भयो । यसैगरी पुर्व संविधानसभा सदस्य दुर्गादेबी खुनाले मुक्त कमैयालाई रोजगारमा आरक्षण कोटा सुनिश्चित गरिनु पर्ने लगायतका अन्य समस्या तत्काल राज्यले सम्बोधन गर्नु पर्ने बताएकी छिन् । यसैगरी कमैया महिला जागरण समाजकी केन्द्रिय अध्यक्ष बिष्णी थारुले मुक्त कमैयाले पाएको जग्गा फुकुवा गरिनु पर्ने र बैंकिङ्ग कारोबारका लागि सहज वातावरण सिर्जना गरिनु पर्नेमा जोड दिनु भएको छ ।
मुक्त कमैया समाज कञ्चनपुरले आयोजना गरेको नेपालमा कृषीमा आधारित ब“धुवा श्रमको अन्त्य परियोजना अन्र्तगत जिल्ला अन्तरकृया कार्यक्रम समाजका अध्यक्ष रामप्रसाद रानाको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा कार्यपत्र सहजकर्ताको रुपमा अधिवक्ता जयदेब जोशीले प्रस्तुत गर्नु भएको थियो ।

शुक्लाफाँटा खबर
5688 posts
Comments are closed.