झलारीमा बदेलको मासु बिक्रि गर्ने होटल सञ्चालक पक्राउ

महेन्द्रनगर । कञ्चनपुरमा जंगली बदेलको मासु बिक्री गर्ने एक होटल संचालकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका १० को झलारीमा रहेको लोकप्रिय होटलका सञ्चालक रमेश रावललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
बिक्रि वितरण गर्न फ्रिजमा १० किलो बदेलको मासु राखेको अवस्थामा रावललाई पक्राउ गरिएको थियो । रावलमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित

Comments are closed.