कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

महेन्द्रनगर । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका १६ स्थित उल्टापानी भन्ने नालामा ट्याक्टर दुर्घटना हुँदा चालक ४३ वर्षीय हरीप्रसाद चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
धनगढीबाट घोराही तर्फ गइरहेकोे से १ त ३५०३ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई नालामा पल्टिएर दुर्घटना भएको प्रहरीले बताएको छ । चालकको घटना स्थलमै मृत्यु भएको र उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.