महेन्द्रनगर । वेदकोट नगरपालिकाले बजार क्षेत्रमा अनुगमनलाई तिव्रता दिएको छ । बजारमा भएका पसलहरुमा वेदकोट नगरपालिकाले अबदेखी नियमित रुपमा बजारमा रहेका पसलमा अनुगमन गरिने पालिकाले जनाएको छ । सिसैया बजार क्षेत्रमा पहिलो दिन अनुगमन गर्दा ७ वटा पसलमा अखाद्य वस्तु, म्याद गुज्रीएका वस्तुहरु पनि बारमद गरिएको बजार अनुगमन समिती संयोजक तथा आर्थिक विकास शाखा प्रमुख पदमबहादुर ठकुराठीले जानकारी दिएका छन् ।
अनुगमन गरिउका मध्ये ७ वटा पसलहरु नगरपालिकामा दर्ता नभएका, कर नतिरेको भेटिएकाले पहिलो पटक सुझाव दिएर कानुनी दायरामा आउन पहिलो पटक सचेत गरिएको र अबदेखी दर्ता नभएको कर नतिरेको भेटिएमा कानुन बमोजिम कारवाही गरिने गरी सचेत गराईएको उनले बताए । खाद्य पसलममा मात्र नभएर कस्मेटिक पसलहरुमा पनि म्याद नाघेका सामानहरु फेला परेको र स्वास्थ्य सौन्दर्यमा प्रत्यक्ष असर पार्ने सबै सामानहरु पनि नियन्त्रणमा लिएर नष्ट गरिएको बताए ।
यो अनुगमन चाडपर्वलाई लक्षित मात्र नभएर अबदेखी नियमित रुपमा बजार क्षेत्रमा अनुगमन गरिने र व्यापारीहरुले आम उपभोक्ताहरुको स्वास्थ्य माथी खेलवाड गर्ने, बढी मुल्यमा सामान बिक्री गर्ने, ठग्ने तथा कालोबजार िगर्ने सबैलाई कानुनको दायरामा ल्याउने उनले बताए । अनुगमन गरिएका केही ठाउँमा सरसफाइको अभाव देखिएकाले सरसफाइ गर्न निर्देशन दिइएको उनले बताए । यस्तै उद्योग सञ्चालनका लागि अनुमति पत्र नलिएकाहरुलाई अनुमति पत्र लिन आग्रह गरिएको बताइएको छ । यस्तै उद्योग सञ्चालन अनुमति पत्र लिएकाहरुलाई समयमै नवीकरण गर्न पनि आग्रह गरिएको उनले बताए । अनुगमनका क्रममा फेला परेका म्याद नाघेका खाद्य सामग्री बरामद गरी नष्ट गरिएको संयुक्त बजार अनुगमन समितिले जनाएको छ ।

शुक्लाफाँटा खबर
5683 posts
Comments are closed.