महेन्द्रनगर । कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ । जिल्लाको पुनर्वास नगरपालिका–८ ’क’ गाउँकी ३९ वर्षीया गंगादेवी जैशीको सोही ठाउँको जनजागरण सामुदायिक वनमा शव फेला परेको हो ।
बिहीबार साँझ घाँस–दाउरा काट्न भनी गएकी उनको शव शुक्रबार वनमा फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए । उनी घर नफर्किएपछि खोजी कार्य सुरु गरिएको थियो। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।
Comments are closed.