महेन्द्रनगर । कञ्चनपुरमा दार्चुला समाज गठन गरिएको छ । शनिवार भानु पार्टी प्यालेसमा जिल्लामा रहेका दार्चुलाबाट कञ्चनपुरका बिभिन्न क्षेत्रमा बसोबास गरिरहेका परिवारको संयुक्त भेलामा तदर्थ समिती गठन गरिएको हो । पूर्व जिल्ला शिक्षा अधिकारी तथा समाजसेवी भीम सावदको अध्यक्षतामा तदर्थ समिती गठन गरिएको छ । यसैगरी उपाध्यक्षमा भवानी प्रशाद पन्त, सचिवमा अधिवक्ता निरन्जनप्रशाद बिष्ट, सहसचिवमा दिपक विष्ट, कोषाध्यक्षमा शिक्षिका विजयालक्ष्मी अवश्थी चयन भएका छन् ।
यसैगरी सदस्यमा प्रेमसिंह महरा, आनसिंह धामी, कल्याणसिंह विष्ट, बसन्तबहादुर सिंह, ओमकार प्रशाद विष्ट, पुरषोत्तम भट्ट, जितबहादुर बम, लक्ष्मी धामी, जानकी जोशी, शान्ती सिंह, कृष्णसिंह ठगुन्ना कम्मान सिंह विष्ट, केशब दत्त बडु, माहादेव जोशी, दिनेश पाल, र कमला विष्ट चयन भएका छन् ।
दार्चुलामा थातथलो भई कञ्चनपुरमा बस्दै आएका दार्चुलावासीले दार्चुलाको लोक सांस्कृती,संस्कार, परपम्परा, भेषभुषा र मानव परोपकारलाई संरक्षण गर्न जोड दिएका छन् । साथै तदर्थ समितीका अध्यक्ष सावदले दार्चुला मुल थलो भएका आम स्थानियको सामाजिक वृद्धि विकासका साथै सामाजिक कार्यका लागि समाजले काम गर्ने बताउनु भयो । यसैगरी कञ्चनपुरका नौ वटा पालिकामा समाजको संगठन विस्तार गरिने जिकिर गर्नु भयो । साथै आउदै गरेको नेपालीहरुको महान चाड दशै र तिहारको उपलक्ष्यमा शुभकामना आदान प्रदान समेत गरिएको छ ।

शुक्लाफाँटा खबर
5359 posts
Comments are closed.