सुदूरपश्चिममा सोमबारसम्म भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा शनिबार आजदेखि सोमबारसम्म भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन कार्यालय अत्तरियालाई उधृत गर्दै प्रदेशमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह गरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गरेको हो ।
प्रदेशका कञ्चनपुर, बैतडी र दार्चुलामा बढी वर्षा हुने पूर्वानुमान गरिएको सूचनामार्फत जनाइएको छ । मन्त्रालयले विपदमा खटिने सर्वसाधारण, सबै मन्त्रालय, विपद व्यवस्थापन समितिहरु, स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी तथा सबै सरोकारवाला र स्थानीयबासीलाई सतर्कता अपनाउन भनेको छ । पहाडी भू(भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने, नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सम्बन्धित

Comments are closed.