महेन्द्रनगर । शनिवारदेखी लगातार परेको अविरल वर्षाले कञ्चनपुरमा बाढी विपद्को जोखिम बढ्दै गएको छ । बर्षायाम सकिएपछि असोज दोस्रो साता शनिबार दिउँसोदेखि अविरल रुपमा परिरहेको बर्षाका कारण जोखिम बढ्दै गएको हो । लगातार बर्षाले कञ्चनपुरका ठुला तथा साना खोला नदीनालामा पानीको सतह बृद्धि भईरहेको छ ।
कृष्णपुर नगरपालिका १ दोमिल्लामा बनहरा नदीमा आएको बाढील एक स्थायिको घरमा क्षती पुय्राएको शैलेस्वरी ३५ नम्वर गणका गणपती सशस्त्र प्रहरी उपरिक्षक एसपी अमरबहादुर ऐरले जानकारी दिएका छन् ।
क्षतीको सबै विवरण अहिले नआएको र एक टोलीलाई उक्त क्षेत्रमा पठाईएको उनले बताए ।
महाकाली, जोगबुढा, बनहरा, चौधर, सुनबरा, मछेली, दोदा, खन्यखोला, झर्नाखोला, कामिकाटे खोला सहितका नदी नालाहरुमा पानीको सतह बृद्धि भईरहेको छ । बर्षातले कञ्चनपुरमा निरन्तर उर्बराभूमि कटानी गरिरहेको छ ।
वेदकोट नगरपालिका ४ मा रहेको चौधर नदीमा बाढी आएपछि नजिकै रहेको शार्कीपार्की टोलमा बाढी पस्ने डर रहेको स्थानिय उत्तरे भुलले जानकारी दिएका छन् ।
उता जिल्लाको दक्षिणी क्षेत्रमा आइतबार बिहानैबाट विद्युत सेवा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण लालझाडी गाउँपालिकामा पर्ने स्याली नदीले झलारी–बेलौरी ३३ केभी प्रशारण लाइनका केही पोलहरु बगाउँदा सेवा अवरुद्ध भएको हो ।
शनिबार रातिको बाढीले पोल बगाउँदा सेवा अवरुद्ध भएको बेलौरी वितरण केन्द्रका प्रमुख कपिल जोशीले बताए । मौसमले साथ दिएमा मरम्मत गरी बेलुकासम्म बिजुली आउने उनले बताए ।
नियमित बर्षातले पाक्नै लागेको धानखेतीका साथै दैनिक जनजिवन समेत प्रभावित पारेको छ । ठुलो बर्षा भए थप क्षति पुग्ने चिन्ता व्यक्त गरिएको छ । यस अघि पीडित भएका वाढीपिडित झनै त्रसित भएका छन । विपद् जोखिम न्युनिकरणका लागि समयमै प्रभावकारी कदम चाल्न नसक्दा बर्षनी उर्बराभूमि कटानी भईरहेको छ ।

शुक्लाफाँटा खबर
5684 posts
Comments are closed.