महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको बनबास पुलमा सवारी साधन आवागमन बन्द गरिएको छ । शनिवारदेखी परेको अविरल वर्षाले पानकिो बहाव बढेपछि चार पाङग्रे सवारी साधन बिहानबाट बन्द गरिएको हो ।
प्रहरीका अनुसार महाकाली नदीमा शनिबार बिहान ११ बजे पानीको बहाव १ लाख १० हजार क्युसेक प्रतिसेकेन्ड पुगेको छ । भने १२ बजे १ लाख ४६ हजार १ सय ४२ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव पुगेको छ ।
झण्डै सय वर्षअघि बनेको बनबासा पुल जीर्ण भएका कारण पानीको बहाव १ लाख क्युसेक प्रतिसेकेन्ड नाघ्नेबितिक्कै सवारी साधन आवागमन बन्द गरिन्छ ।
Comments are closed.