कञ्चनपुरमा कहिले सम्म मानव स्वस्थ्यमा खेलवाड ? प्रतिबन्ध औषधी धमाधम बिक्रि हुँदै
मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको औषधीमा पनि मनलाग्दी कानुनले प्रतिबन्ध गरेका औषधीहरु बिक्रि वितरण गरेको पाईएको हो ।
महेन्द्रनगर । कञ्चनपुरमा निजी मेडिकलहरुले मनलाग्दी औषधी बिक्री वितरण गरेको पाईएको छ । मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको औषधीमा पनि मनलाग्दी कानुनले प्रतिबन्ध गरेका औषधीहरु बिक्रि वितरण गरेको पाईएको हो ।
कलुवापुर स्थित विश्वास मेडिकलबाट डक्टरको पर्चाविना आफुखुसी जथाभावी प्रिगाविलिन नामक औषधी बिक्री गरेको पाइएको शुक्लाफाँटा नगरपालिकाका सिनियर अहेव अधिकृत हरि नाथले बताए । उनका अनुसार उक्त औषधी पसलबाट म्याद सकिएका औषधीहरु समेत बरामद गरिएको छ । यस्तै हाम्रो आदर्श मेडिकल, भेनस मेडिकलबाट पनि म्याद सकिएका र डाक्टरको पर्चाविना औषधी ब्रिकी गरेको पाइएको र त्यसको अभिलेख नराखिएको पाइएको छ ।
यसैगरी दोधारा चाँदनी नगरपालिकामा रहेको अधिकांश भारतिय नागरिकहरुद्धारा तथा गैरकानुनी तवरले संचालनमा आएका औषधी पसलहरुमा बिक्री गरेको पाईएको छ । गैरकानुनी तवरले संचालनमा आएका औषधी पसलहरुबाट नशालु तथा म्याद नाघेको औषधीहरु जफत गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले जानकारी दिएका छन् ।
गत वर्ष महेन्द्रनगर बजारमा अबैधानिक संचालनमा रहेका २ वटा मेडिकल शिल गरिएको थियो । यसरी मानवको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको औषधीमा खेलवाड भईरहेको भएपनि फितलो निगरानी, अनुगमन तथा कारवाही न्युन रुपमा भएको पाईएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले औषधी पसलमा औषधी बिक्री गर्नका लागि औषधी सम्बन्धी पढाई गरेको वा फार्मेसी अध्ययन गरेको व्यक्तीले मात्रै ओषधी बिक्री वितरण गर्न पाईने बताए । तर अबैधानिक रुपमा संचालित औष्धी पसल मेडिकलहरुलाई कारवाही गर्ने अधिकार आफुसँग नभएको उनले बताए ।
यता, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रशाद अर्यालले आफुले पनि यो विषयलाई गम्भिता पूर्वक लिएको र केही दिन अघि मात्रै औषधी बिभागसँग समन्वय गरेर बजार अनुगमन गरेको बताए ।
‘त्यो बेला अनुगमन गर्दा १ पसलले दर्ता नगरी संचालनमा आएको थियो उसलाई शिल गरिएको हो’ उनले भने, ‘पछि त्यही मेडिकलले कानुनी प्रक्रिया पुरा गरेर दर्तामा आएपछि पुनः संचालन गर्ने भनेर काम अगाढी बढेको थियो’ । ‘अहिले पनि कतिपय मेडिकलमा लागुऔषध पनि बिक्री वितरण गर्ने, बिना दर्तामा संचालन रहेका भन्ने खबर आएका छन् त्यसमा पनि हामीले सुक्ष्म निगरानी बढाएर प्रहरी परिचालन गरेर अनुगमन निगरानी बढाउका छौ’
यदी गैर कानुनी रुपमा संचालनमा आएका मेडिकलहरु औषधी पसल छन भने सबैलाई कानुनी दायरामा ल्याईने प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । साथै कुनै पनि पसलमा त्यस्ता अबैधानिक काम भएको थाहा पाएपनि आम सर्वसाधारणहरुले प्रहरीलाई वा जिल्ला प्रशासनलाई फोन गरेर पनि जानकारी गराउन आग्रह गरेका छन् ।
Comments are closed.