महेन्द्रनगर । कञ्चनपुरबाट लामो दुरीमा चल्ने सवारीसाधनमा अनिवार्य २ जना चालक राख्नुपर्ने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाबाट बाहिर जानेलामो दुरीका सवारी साधनमा २ जना चालक अनिवार्य रुपमा राख्नुपर्ने नियम लागु गरिएको हो ।
चाडपर्व नजिकिएर मात्रै नभएर अरु दिनमा पनि लामो दुरीमा संचालित सवारी साधनहरुले २ जना चालक नराखेको पाईएमा कारवाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरिक्षक उमेश चन्दले जानकारी दिएका छन् । लामो दुरीमा चल्ने सवारीसाधनहरुका चालकहरुले लामो समयसम्म सवारी चलाउनु पर्ने भएकाले चालक आफुलाई पनि आराम चाहिने र जस्ले गर्दा सुरक्षित यात्रा गर्न सकिने भएकाले २ जना चालक अनिवार्य गरिएको उनले बताए ।
साथै सवारीहरुको यान्त्रिक चेकजाँच जस्मा साईड लाईट, साईड ऐना, हर्न, सिट क्षमता भन्दा बढी यात्रु हाल्न नपाउने, साथै अनावस्यक रुपमा गाडीहरुमा बाँधिएका रुमाल कपडाहरु प्लाष्टिकका झिलिमिलीहरु प्नि निकाल्ने काम भएको उनले बताए । साथै लागुऔषध सेवन गरे नगरेको, मापसे चेकजाँच, र लागुऔषध व्युरोसँग सहकार्य र समन्वय गरेर लागुऔषध पनि चेकजाँच गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरिक्षक चन्दले जानकारी दिएका छन् ।
आफनो लक्ष्य भनेको यात्रुहरुले सकुसल आफनो गन्तव्यमा पुगुन भन्ने उदेस्य रहेको र सवारीसाधनका मालिक चालकहरुले पनि नियममा रहेर आफनो सवारी साधन संचालन गरेर सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।
यात्रुहरुको सहायताका लागि जिल्लाका ५ ठाँउमा नागरिक सहायता कक्षको स्थापना गरि यात्रुहरुलाई सहज यात्राका लगि काम भएको उनले जानकारी दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरको जिम्मेवारी समालेका चन्दले अहिले जिल्लामा यात्रुलाई सहज वातावरणमा यात्रा गराउने सवारी चेकजाँचमा कडाई तथा सराहनिय काम गरेको स्थानियको भनाई रहेको छ ।

सुजित रमेश सिनाल
385 posts
Comments are closed.