डडेल्धुरामा साइकलसहित खसेका किशोरको मृत्यु

महेन्द्रनगर । डडेल्धुरामा साईकलसहित सडकबाट तल खोलमा खसेको एक किशोरमोमृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका ९ का राजबहादुर बोहराका छोरा अन्दाजी १५ वर्षीय तेज बहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
दैजी जोगबुडा सडकखण्ड अन्तरगत परशुराम नगरपालिका वडानं. ९ पन्तुरा पुल नजीकै अत्तर चौकि घुम्तीमा साईकल सडकको ओरालोमा ब्रेक नलागेर साइकल खोलामा खसेको बताइएको छ ।

सम्बन्धित

Comments are closed.